यस्तो चिडियाखाना जहाँ मानिस कैदी, जनावर खुल्ला घुम्छन्

412
  •  
  •  
  •  

zoo in chinaकाठमाडौँ, जेठ(एजेन्सी) : हामीमध्ये यस्तो व्यक्ति सायदै होला जो चिडियाखाना गएको छैन् । चिडियाखानामा डरलाग्दा र दुर्लभ जनावरलाई राख्ने गरिन्छ र मानिस ती जनावर हेर्नका लागि चिडियाखाना जाने गर्छ । तर, चीनमा एउटा यस्तो चिडियाखाना खुलेको छ, जहाँ जनावरलाई खुला छोडिदिइन्छ र ती जनावरलाई हेर्नका लागि मानिसलाई जाली भएको गाडीमा लगिन्छ ।

उक्त चिडियाखानाको नाम लेहे लेडु वाइल्डलाइफ हो र यो चीनको चोङक्विङ क्षेत्रमा रहेको छ । यहाँ मानिसहरू जनावरलाई निकै नजिकबाट हेरेर मजा लिन सक्छन् । यो चिडियाखानामा मानिसलाई गाडि भित्र राखेर घुमाइन्छ र जनावरलाई नजिक ल्याउनका लागि मासुको टुक्रा दिने गरिन्छ ।

उक्त चिडियाखानाका प्रवक्ता चान लियाङले चिडियाखानामा घुम्न आउने जो कोहीलाई पनि गाडीबाट आफ्नो शरिरको कुनै पनि अंग बाहिर ननिकाल्न चेतावनी दिने गरेको बताएका छन् । यसरी शरीर बाहिर निकाल्नु खतरानाक हुन सक्ने बताउँदै जनावरले अन्य मासु र मानिसको मासुमा कुनै फरक नपाउने हुँदा दुर्घटना निम्तिन सक्ने बताए ।

यो चिडियाखानामा घूम्न आउनेको निकै घुँइचो लाग्ने गर्छ । यहाँ मानिसले घुम्नका लागि लामो समय कुर्नुपर्ने समेत हुन्छ । मानिसहरू यहाँ आएर त्यहाँको दृश्य र जनावरलाई नजिकबाट हेर्ने गर्छन् ।


  •  
  •  
  •