ओबामा र मोदीको दोस्ती देखावटीः चीन

352
  •  
  •  
  •  

obama-modiकाठमाडौ, १२ माघ(एजेन्सी) : अमेरिकी राष्ट्रपति बाराक ओबामाको भारत यात्राले निकै चर्चा पाइरहेको बेला चीन तथा पाकिस्तानका सञ्चारमाध्मयले अमेरिकी राष्ट्रपति बाराक ओबामा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्ती देखावटी भएको बताएका छन् ।

चीनका विषेशज्ञ र अखबारहरूले ओबामाको भारत भ्रमणको मुख्य कारण चीनविरूद्ध भारतलाई प्रयो गर्ने प्रयास भएको बताएका छन् । चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सको एक लेखमा भारत र चीनलाई पश्चिमाहरुले बिछाएको जालमा नफस्न चेतावनी दिइएको छ ।

ग्लोबल टाइम्सले लेखेको छ, ‘नयाँ दिल्लीमा भारतका प्रधानमन्त्री र अमेरिकी राष्ट्रपति एक अर्कासँग अंगालो हालेर मिलेको घटनालाई बढाई-चढाई गरिनुको पछाडि सञ्चारमाध्यमको पुरानो मानसिकताको उपज हो ।’

लेखमा भनिएको छ, ‘पहिलेदेखी सोच्ने तरिकामा एक चलन रहेको छ, जसलाइ पश्चिमाहरूले निकै प्रचार गरिरहेका छन् । यसका पछाडि अमेरिकाको मुख्य उदेश्य भनेको भारत र चीनलाई चीर-परिचित र स्थायी प्रतिद्धन्दी बनाउनु हो ।’

ग्लोबल टाइम्सका अनुसार चीन र भारत पश्चिमा प्रभावमा फस्न चाहँदैन तर भारत भने फसिरहेको छ ।

यस्तै, चीनका अन्य सञ्चारमाध्यमले पनि मोदी र ओबामाको दोस्तीलाई सतही मात्र भएको बताएका छन् । उनीहरूबीच अहिले पनि गम्भिर मतभेद रहेको दावी चीनीया सञ्चारमाध्यमहरूको छ ।

सिन्ह्वा समाचार संस्थाले पनि अमेरिका र भारतबीच कुटनीतिक मतभेदलाई दर्शाउँदै मोदी र ओबामाको दोस्तीलाई सहती भएको टिप्पणी गरेको छ । यी दुवै देशबीच गम्भिर मतभेद रहेको सिन्ह्वाले जनाएको छ । सिन्ह्वाले लेखेको छ, ‘यो सतही मेलमिलाप हो जसलाई प्रयोग गरेर ओबामाले अमेरिकी राजनीतिमा आफ्नो उपलब्धी देखाउन चाहन्छन् ।’

यस्तै, पाकिस्तानी पत्रिकाहरूले भारतलाई पाकिस्तानको नकारात्मक छवी देखाउनका लागि ओबामाको भ्रमणलाई प्रयोग नगर्ने चेतावनी दिएका छन् ।

‘द नेशन’ पत्रिकाले अफगानिस्तानमा भारतको भूमिकाको अमेरिकाले प्रशंसा गरेपछि पाकिस्तानले आफूलाई असुरक्षित महसुस गर्नेछ । द नेशनले लेखेको छ, ‘अमेरिका सधैदेखी भारतको र अफगानिस्तानमा भारतको भूमिकाको प्रशंसा निकै खुलेर गर्ने गर्छ । यसले पाकिस्तानलाई पछिल्लो केहीदिनदेखी आफूलाई असुरक्षित र असहज महसूस गर्न लागेको छ ।’

पत्रिकाले लेखेको छ, ‘अमेरिकी राष्ट्रपति बाराक ओबामाको भारत भ्रमण अमेरिकी विदेश नीतिमा परिवर्तन ल्याउने समय हो ।’


  •  
  •  
  •