चीनबाट हालसम्मकै ठूलो लगानी आउदै

154
  •  
  •  
  •  

काठमाडौं ४ चैत । चीनीयाँ लगानीकर्ताकातर्फबाट अहिलेसम्मकै ठूलो लगानी आउने भएको छ । चीनको दसौं ठूलो सिमेन्ट उत्पादक होङसी ग्रुपले नेपालमा अहिलेसम्मकै ठूलो लगानी भित्राउन लागेको हो । २१ अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशीक लगानी (एफडिआई) ल्याउने गरि नेपालको शिवम होल्डीङ ग्रपसंग मंगलबार सम्झौता भएको छ ।

उद्याेग विभागका अनुसार चीनिका एउटै लगानी लगानीकर्ताले २० अर्ब रुपैयाँ भन्दा बढीको एफडिआई स्वीकृत गराएका छैनन् । जलविद्युत आयोजनाका लागि २० अर्ब २४ करोड रुपैयाँ र ४ अर्ब ८ करोड रुपैयाँ चीनका तर्फबाट यस अघिको ठूलो एफडिआई हो । यस बाहेक एक प्रतिष्ठान तथा लगानीकर्ताले अर्ब रुपैयाँ भन्दा बढी लगानी गरेका छैनन् । उक्त आधारमा होङसीले ल्याउन लागेको लगानी अहिलेसम्मकै सबैभन्दा ठूलो हो ।

‘चीनको तर्फबाट नेपालका लागि पुर्वाधारमा सबैभन्दा ठूलो लगानी हुने छ,’ सम्झौता समारोहमा चीनियाँ राजदुत उ चुनताईले भने, ‘यो लगानीले सकारात्मक सन्देश जाने छ । अन्य लगानीकर्तालाई पनि आकषिर्त गर्ने छ ।’ होङ्सी शिवम सिमेन्ट प्रालीमा नेपाली लगानीकर्ताको भने ७ अर्ब रुपैयाँ मात्रै हुने छ ।

उक्त आधारमा शिवम होल्डीङको ३० र होङ्सी ग्रुपको ७० प्रतिशतको अनुपातमा लगानी रहने छ । सम्झौता समारोहमा राजदुत चुनताई, अर्थमन्त्री रामशरण महत, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्त लगायतको उपस्थीति थियो । पछिल्लो समयमा चीनिको तर्फबाट नेपालको अर्थतन्त्रका लागि सकारात्मक गतिविधि भईरहेको अर्थमन्त्री महतले बताए ।

उक्त गतिविधिले नेपालको अर्थतन्त्रलाई सघाउ पुर्याएने उनको धारणा छ । ‘गत साता थ्री गर्जेजका अधिकारीहरुले भ्रमण गरि ७ सय ५० मेगावाट क्ष्ामताको पश्चिम सेती अघि बढाउने भएका छन्,’ उनले भने, ‘मंगलबार नै चीनको तर्फबाट अनुदान सहयोगको सम्झौता भएको छ । यसै दीन ठूलो लगानी ल्याउनेगरि अर्को सम्झौता हुन खुसिको कुरा हो ।’ यस्ता गतिविधिले लगानीमैत्री वाताबरणमा सुधार आएको उनको दावी छ । ‘लगानीकर्तामा आत्माविश्वास बढेर गएको छ,’ उनले भने ।

उक्त समझदारीपछि होङसीले लगानी बोर्डबाट एफडिआई स्वीकृतिको प्रक्रिया अघि बढाउने भएको छ । लगानीको स्वीकृति र अन्य गतिविधिका लागि बोर्डले मध्यस्थताको भुमिका खेल्ने प्रमुख कार्यकारी पन्तले बताए । उनले लगानीमैत्री वाताबरण सृजना हुदै गएको बताए । सम्झौतामा शिवम होल्डीङका तर्फबाट अध्यक्ष विश्वनाथ गोयल र होङ्सीका तर्फबाट कार्यकारी उपाध्यक्ष शु योआनले हस्ताक्षर गरेका हुन् । सम्झौता समारोहमा जनाए अनुसार उक्त लगानीबाट २ हजार जनाले प्रत्यक्ष र १० हजार जनाले अप्रत्यक्ष रोजगारी पाउने छन् ।

दैनिक ६ हजार मेटि्रक टन उत्पादन गर्ने कम्पनीको तयारी छ । होङसी उत्पादनका आधारमा चीनका प्रमुख १० सिमेन्ट उद्योगभित्र पर्छ । उद्याेगका आधारमा भने चीन्को १२ औ ठूलो कम्पनी हो । होङसी ग्रुपले सन् २००२ देखि सिमेन्ट उत्पादनमा हात हालेको हो । कम्पनीले १० हजार जनालाई रोजगारी दिएको छ । नेपाली साझेदार शिवम सिमेन्टले २०६१ सालमा ११ करोड ५० लाख रुपैयाँमा उद्योग दर्ता गरी सिमेन्ट उत्पादन गरिरहेको छ । सम्भौता अनुसार अब छुट्टै उद्योग खोलेर छुट्टै ब्रान्डको नयाँ सिमेन्ट ल्याउन लागेका हुन् । सिमेन्टका लागी दैनिक १० हजार टन क्लिङकर आबश्यक पर्ने कम्पनीले जनाएको छ ।

यो नेपालमा सिमेन्ट उत्पादनका लागि आउन लागेको तेस्रो ठूलो वैदेशिक लगानी हो । यसअघि नाइजेरियाको डाङगोटे कम्पनीले सिमेन्टमै लगानी गर्ने स्वीकृति पाइसकेको छ । भारतको रिलायन्स ग्रपले पनि बोर्डबाट ४० अर्ब रुपैयाँ एफडिआई स्वीकृति लिईसकेको छ । नेपाल सिमेन्ट उत्पादक संघका अनुसार अहिलेसम्म ४८ वटा सिमेन्ट उद्योग छन् । त्यसमध्ये १३ वटा उद्योगले सिमेन्ट र क्लिङकर दुवै उत्पादन गरिरहेका छन् । अन्य उद्योगले क्लिङकर भारतबाट आयात गर्छन् । प्रत्यक्ष रपमा १५ हजार र अप्रत्यक्ष यसको पाँच गुण्ाा बढी रोजगारी पाएको संघको दाबी छ ।
कान्तिपुरबाट


  •  
  •  
  •