राष्ट्रपति सीको दुतका रूपमा चिनियाँ विदेशमन्त्री वाङ आउँदै

519
  •  
  •  
  •  

1-A-wangकाठमाडौं १० पुस (ओएनएस) :
चीनका विदेशमन्त्री वाङ यी तीनदिने ‘सद्भावना भ्रमण’का लागि आज दिउँसो काठमाडौं आउने भएका छन्। परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको मैत्रीपूर्ण निमन्त्रणामा चीनका विदेशमन्त्री वाङ यी सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै  बिहीबार अपराह्न नेपालको तीनदिने औपचारिक सद्भावना भ्रमणमा राजधानी आउने भएका छन् ।

शुक्रबार बिहान उनले चीन सरकारको सहयोगमा नयाँवानेश्वरमा निर्मित निजामति अस्पताललाई रू. २० करोड बराबरका २६ वटा चिकित्सकीय उपकरण हस्तान्तरण गर्ने कार्यक्रम छ । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई ती उपकरण हस्तान्तरण गरेपछि चिनियाँ विदेशमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलसंग नेपाल ¬चीन द्विपक्षीय वार्ता हुनेछ ।

विदेश मन्त्री वाङ  राष्ट्रपति सीको दुतका रूपमा उत्रने छन् । वाङ सन् २००८ मा याङ जेइचीपछि नेपाल भ्रमण गर्ने पहिलो विदेशमन्त्री हुन् । वाङको भ्रमणले दुई देश बीचको सद्भावना र सम्बन्धलाई अझ गाढा बनाउन मद्दत गर्ने परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले बताए ।

परराष्ट्र स्रोतका आज दिउँसो १२ बजे त्रिभुवन विमानस्थलमा उत्रने वाङले त्यसपछि आफ्ना व्यक्तिगत भेट-घाट गर्ने छन् । बेलुकी नगरकोटमा बसेर शुक्रबार बिहान चीन सरकारकै सहयोगमा बानेश्वरमा बनेको निजामति अस्पताल -सिभिल हस्पिटल) लागि सामाग्री पनि हस्तान्तरण गर्ने छन् । त्यस लगतै होटल सोल्टीमा हुने मन्त्री स्तरिय द्धि-पक्षिय वार्तामा सहभागि हुने छन् । त्यसपछि उनले चीनको सहयोगमा बलम्बुमा बन्न लागेको शसस्त्र प्रहरी बलको तालिम केन्द्रको शिलन्यास गर्ने छन् । त्यसपछि राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री सुशील कोइराला तथा प्रमुख दलका केही नेताहरूसँग भेट-वार्ता गर्ने विदेश मन्त्री वाङ बेलुकी याक एन्ड यतिमा नेपालका लागि चिनिँया राजदुत वु चुन्ताईले दिने रात्री भोज सहभागि हुने छन् । सोल्टी होटलमा रात बिताएर उनी शनिबार बंगलादेश प्रस्तान गर्ने कार्यक्रम छ ।


  •  
  •  
  •