स्वराज शीतलनिवास पुग्दा, वाङ टुँडिखेलमा

305
  •  
  •  
  •  

काठमाडौं ११ असार ।
भुकम्पपछिको पुर्ननिर्माणका लागि अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन सत्र नसकिंदै दुई छिमेकी मुलुक भारत र चीनका विदेशमन्त्रीहरु आयोजनास्थल होटल सोल्टीबाट बाहिरिए । भारतीय विदेशमन्त्री सुष्मा स्वराज राष्ट्रपति डा.रामवरण यादवलाई भेट्न शितल निवास पुगिन् । शितल निवासमा केहीबेर भेटघाट पछि उनी नेपालका राजनीतिक दलका शीर्ष नेताहरुसँगको भेटघाटका लागि होटलमै फर्किइन् ।

सुष्माले मुख्य राजनीतिक दलका शीर्ष नेताहरुसँग होटलमा नेपालको पछिल्लो राजनीतिक अवस्थाबारेमा जानकारी लिदै सबै मिलेर संविधान निर्माणतर्फ लागेकोमा भारत खुशी रहेको बताइन् । उनले नराम्रो पछि राम्रो दिन आउने भन्दै अव विकासका लागि सबै एक जुट भएर लागि पर्न सुझाव दिएकी छन् ।

स्वराजपछि होटलबाट निस्केका अर्का छिमेकी विदेशमन्त्री वाङ यी भने फरक यात्रा तिर लागे । उनले आफ्नो देशले उपलब्ध गराएको टेन्टमा बस्दै आएका पिडितलाई भेट्न टुडिखेलमै पुगे । उनी पुग्दा एक सय भन्दा बढि टेण्डमा बस्दै आएका करिव छ सय पिडित एकाएक बाहिर निश्किए । नेपाली सेनाले छुट्टै पालम राखेर उनलाई केहीबेर त्यहाँ राख्ने तयारी गरेको थियो । तर वाङ भने आफूलाई तयार गरेको स्थानमा नगई सिधै पिडित बसेको टेन्टको भित्र छिर्दै अवलोकन गर्न थाले ।

वाङको टुडिखेल भ्रमणलाई लिएर त्यहाँ विहानैबाट सुरक्षा व्यवस्था कडा बनाइएको थियो । पिडितहरुले विहान टुडिखेल परिसरमा नेपाली सेनाको एक टुकुड िदेखेपछि भनिठाने– ‘कतै हामीलाई यहाबाट विस्थापित गर्न त लागेको होइन ।’ उनीहरु नेपाली सेना भएको स्थानसम्म आइपुग्न नपाउँदै अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुन आएका चिनियाँ विदेशमन्त्री गाडीबाट फुत्त निस्किए । सधैं कोटमा सजिने उनले यसपटक त्यसलाई गाडीमै थन्काए । बाहिर केहीबेर हिडेपछि खल्तीमा रहेको रुमालले पसिना पु्छदै टेन्ट(टेन्ट चाहर्दै भूकम्प पिडितसँग कृरा गरी उनीहरुको पीर(मर्का बुझे ।

भूकम्प पिडितहरुले सुरुआतमा वाङलाई चिनेनन् । र, मैदानमा रहेका सेनालाई एक महिनाले सोधिन्, ‘कोही ठुलो मान्छे हामीलाई भेट्न आउनु भएको हो ? उहाँ को हो ?’ उत्तरमा सेनाले भने,‘उनी चीनको विदेशमन्त्री हुन् ।’ त्यसपछि ती महिलाले आफूहरुलाई राहत दिन चिनियाँ विदेशमन्त्री आएको भन्दै सबैलाई बोलाइन् ।

वास्तवमा विदेश मन्त्री वाङ राहत होइन, दिर्घकालिन सहयोगको लागि बुझ्न त्यहाँ आएका थिए । सेतो सर्टमा असिन पसिन देखिएका चिनियाँ विदेशमन्त्री वाङले विस्तापित परिवारको टेन्टमा नै पुगेर आफूसंगै आएका दोभासेको सहयोगमा कुराकानी गरे ।

नेपाल एअरलाइन्सको विल्डिङको अगाडीबाट प्रवेश गरेका उनले मध्य भागमा रहेको दुई टेन्टमा पसेर भित्रको अवस्था समेत हेर्दै भने,‘हामी सहयोग गर्न तयार छौ । चीन नेपालको सच्चा र सहयोगी छिमेकी हो । तपाईहरुको यो दुखमा साथ दिन्छौ म तपाईहरुको अवस्था हेर्न यहाँ आएको हो । तपाईहरुलाई घर पनि बनाईदिन्छौं ।’

‘खाना कसरी पकाउनु भएको छ ? पढ्न कत्तिको सहज छ बत्तिको ब्यवस्था के छ’ सबै सोधेका उनले सहयोग गर्न चीन तयार रहेको बताए । धादिङकी सृष्टि पन्तले आफ्नो चार परिवार यहाँ रहेको जानकारी दिइन् । भुकम्प आएलगत्तै आफूहरु अन्तराष्ट्रिय सम्मेलन केन्द्र बानेश्वर र त्यसपछि यहाँ आएर बसेको बताइन् । उनी आफ्नो आमा, भाइ र बहिनी सहित चार जना रहदै आएको बताउदै आफू जस्ता सबैलाई पढ्न र बस्नको लागि सहयोग गर्न आग्रह गरिन । अध्ययनका लागि आफूहरुले अवधारणा बनाइरहेका र घरबनाउन नेपाल सरकारसंग सहकार्य गरेर अघि बढ्ने बताउदै उनले भने, ‘राम्रोसँग पढ्नु परिवारको ख्याल गर्नु भन्दै उनलाई ढाडस दिदै सहयोगी हात चीनको सधै रहनेछ ।’

त्यसलगत्तै अर्को टेण्टमा पसेका उनले सोध ‘यहाँ कति जना बस्नुहुन्छ । दुई जिउकी महिला पवित्रा लामाले १९ जना अहिले यहाँ रहेको बताइन । ‘तपाईलाई असहज भएको होला । तपाईहरू जस्ताको लागी छुट्टै ब्यवस्था गर्न आवश्यक छ’ उनले भन्दै उनी प्रति दया देखाए । उनी जस्ता १५ महिला रहेको र उनीहरुको छुट्टै ब्यवस्थापन गर्न समेत उनले चासो देखाए ।

काभ्रेकी ति महिलालाई चिनिया विदेशमन्त्रीले भने ‘हिमालय क्षेत्रका तपाईहरु हाम्रो सिमावर्ती मित्र हो । त्यहाँ तपाईहरु र हाम्रा नागरिक बीचको सम्वन्ध पनि निकै सुमधुर र दाजुभाई दिदी बहिनी स्तरको छ । हामी तपाईहरुलाई नेपाल सरकार मार्फत विशेष सहयोग गर्न चाहन्छौ्र ।’

उनीहरुसंगको अन्तरक्रियापछि त्यहाँ उपस्थित केही संचारकर्मीहरुलाई उनले भने, ‘यस्तो दुखद अवस्थामा हामीले सहयोग गर्न आवश्यक थियो त्यही भएर गर्‍यौ ।’ उनले नेपालको यो अवस्थालाई सम्वोधन गर्न आफ्नो ब्यस्त तालिकालाई नै तलमाथि गरेर यहाँ आएको समेत स्पष्ट पारे । सबैसंग भएको अन्तरक्रियाले नेपाल छिटो बन्नेमा आफू विश्वस्त रहेको उनले बताए ।

अहिले भर्खर चीन सरकारका तर्फबाट नेपाललाई दिने सहयोग घोषणा गरेर आफू आएको बताउदै उनले भने,‘छिट्टै हाम्रो प्राविधिक टिम आएर यहा गर्ने सहयोगको टुंगो लगाउनेछ । नेपालले अव भौतिक पूर्वाधार विकासमा ठूलो फडको समेत मार्न सक्छ यसमा हामी साथ छौं ।’

‘नेपाल एक्लो छैन । हाम्रो सहयोग रहन्छ । नेपाल चीनको पुरानो र भरपर्दो छिमेकी हो जसको कारण हामीले नेपाललाई जति पनि सहयोग गर्न तयार छौं,’ उनले भने । चीनले पुर्नस्थापनाको लागि आफ्नो देशले नेपाललाई गरेको सहयोग अरू मुलुकलाई दिने भन्दा बढी रहेको बताए । उनले आफू अहिले नै स्वदेश फर्कन लागेको र नेपालको अवस्थाले आफूलाई छोएको बताए । आफ्नो विशेष विमानमा आएका भारत र चीनका दुवै मन्त्री बिहीबार अपरान्ह नै स्वदेश फर्केका छन ।
कान्तिपुरबाट


  •  
  •  
  •