चिनियाँ विदेशमन्त्रीको उच्चस्तरीय राजनीतिक वार्ता आज

251
  •  
  •  
  •  

काठमाडौं ११ पुस (ओएनएस) :
नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यी आज दिनभर व्यस्त रहने भएका छन् । आज उच्चस्तरीय राजनीतिक भेटवार्ता । दुईपक्षीय वैठक तय गरिएको छ । सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी हिजो नेपाल आइपुगेका हुन् ।

आजको कार्यक्रम

परराष्ट्र मन्त्रालयका अनुसार आज  बिहान पौने नौ बजे वाङले निजामती सेवा अस्पताललाई चिनियाँ सरकारले दिएका एमआरआई, म्यामोग्राफी, डिजिटल रेडियोग्राफी, फ्लोरोस्कोपीलगायत उपकरण हस्तान्तरण गरेपछि नेपाल(चीन विदेशमन्त्रीस्तरमा होटेल सोल्टीमा बैठक हुनेछ। बैठकपछि संयुक्त पत्रकारसम्मेलन हुनेछ।

बैठकमा चिनियाँ सहयोगमा सञ्चालित योजनाहरूको समीक्षा हुनेछ। गृह मन्त्रालय स्रोतका अनुसार केरुङ, रसुवागढीलगायत नाकाको सुरक्षाव्यवस्था र द्विपक्षीय सूचना आदानप्रदानबारे पनि छलफल हुनेछ।

द्विपक्षीय वार्तापछि अपराह्न तीन बजे विदेशमन्त्री वाङले मातातीर्थमा सशस्त्र प्रहरी बल तालिम केन्द्रको शिलान्यास गर्नेछन्। वाङले प्रधानमन्त्री सुशील कोइराला, राष्ट्रपति रामवरण यादव, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललगायतसँग भेटवार्ता गर्नेछन्।

राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री सुशील कोइराला तथा प्रमुख दलका केही नेताहरूसँग भेट(वार्ता गर्ने विदेश मन्त्री वाङ बेलुकी याक एन्ड यतिमा नेपालका लागि चिनिँया राजदुत वु चुन्ताईले दिने रात्री भोज सहभागि हुने छन् । उनले त्यहा चीनले नयाँ बिदेश नीतिबारे बोल्ने कार्यक्रम तय भएको छ् । सोल्टी होटलमा रात बिताएर उनी शनिबार बिहान धुलिखेलस्थित द्वावारिकाज रिर्सोटमा फर्केर बंगलादेश प्रस्तान गर्ने कार्यक्रम छ ।

किन आए चिनियाँ विदेशमन्त्री ?


  •  
  •  
  •