चीन यातना दिने सामग्री निर्यात गर्दै

67
  •  
  •  
  •  

china-exports-tools-of-tortureकाठमाडौ, ८ असोज (एजेन्सी) : चीनमा निकै ठूलो संख्यामा यातना दिने खालका सामानहरू निर्माण हुने गरेका छन् र यी सामानहरूको निर्यात विषेशगरी अफ्रिका र एशियाका देशहरूमा हुने गरेको पाइएको छ । चीनले सामान निर्यात गर्ने देशहरूमा मानवअधिकारको स्थिति निकै खराब छ । एमनेष्टी इन्टरनेशनलको प्रतिवेदनमा यी सामानहरू बनाउने कम्पनीहरूमा चीनीयाँ सरकारी कम्पनी समेत सामेल छन् ।

चीनमा यातना दिने सामानहरू बनाउने यस काममा १३० भन्दा बढि कम्पनीहरू लागिपरेका छन् । यी कम्पनीहरूले इलेक्ट्रिक शक दिने खालको छडि, काडा भएको डण्डा, खुट्टा जोड्न मिल्ने क्लिपजस्ता सामानहरू उत्पादन गर्ने गर्छन् । यी कम्पनीहरूले खुल्ला रूपमा ती सामग्रीहरू बेच्ने गरेका छन् ।

प्रतिवेदनमा चीनीयाँ सामग्रीहरू अफ्रिका र एशियामा मानवअधिकार हननलाई बढावा दिइरहेका र मानवीयताको विरूद्धका हिंसामा प्रयोग गरिने दावी गरिएको छ । प्रतिवेदनमा भनिएको छ, ‘चीनको एक कम्पनी चाइना जिंग इम्पोर्ट-एक्सपोर्ट कर्पोरेशन थंब कफ (हातलाई बाध्ने सामान) र इलेक्ट्रिक स्टन गन विज्ञापनमा देखाउने गरिएको छ ।’ कम्पनीले उसका सामान अफ्रिकाको ४० देशमा निर्यात गराउने गरिन्छ ।

एमनेष्टीको रिपोर्टसँग जोडिएका शोधकर्ता पेट्रिक बिल्कनले चीनको यस कार्यलाई माफ गर्न नसकिने बताएका छन् । चीनीयाँ विदेश विभागका प्रवक्ताले एमनेष्टी इन्टरनेशनलको विश्वसनियतामाथि नै प्रश्न उठाएका छन् । उनले भने, ‘यो अन्तराष्ट्रिय संस्था सुरूदेखी नै चीनका विरूद्धभेदभावपूर्ण रवैया अपनाई रहे यसको विश्वसनीयतामाथी नै शंका गर्न सकिन्छ ।’


  •  
  •  
  •