६६ वर्षपछि चीनमा ठूलो आँधी, ११ लाखले घर छाडे

225
  •  
  •  
  •  

china-typhoonकाठमाडौ, २७ असार(एजेन्सी) : चान-होम आँधीका कारण चीनको झेजियांग र झियांगसु प्रान्तका करिब ११ लाख मानिस घर छाडेर भागेका छन् । आँधीका कारण ती क्षेत्रका केही विमानस्थल, रेल सेवा र अन्य सवारी यातायातका माध्यम बन्द भएका छन् ।

china-typhoon1चीनमा आएको यो आँधी सन् १९४९ अर्थात् ६६ वर्षपछिको सबैभन्दा ठूलो आँधी हो । झेजियांग प्रान्तको प्रशासनका अनुसार आँधीका कारण सरकारको ४१० मिलियन डलर नोक्सान भएको छ । चान-होम आँधी शनिबार चीनको संघाईमा दक्षिणी समुन्द्री किनारसँग ठोक्किएको थियो । यस क्रममा १६० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको थियो ।

china-typhoon5जेझियांग प्रान्तको केही शहरमा बिजुली समेत ठप्प भएको छ । १ सय भन्दा बढि ट्रेनहरू आफ्नै ठाऊँमा रोकिएका छन् । माछा मार्नका लागी गएका करिब ५० हजार डुंगालाई फिर्ता बोलाइएको छ । झेजियांह प्रान्तको भेनलिंग शहरस्थित समुन्द्री किनारमा ठूला लहरहरू उठेका छन् । आँधीपछि संघाईको पुडोंग अन्तराष्ट्रिय विमानस्थलबाट पाँच सय उडानहरू रद्द गरिएको छ । होगिया विमानस्थलबाट पनि दुई सय उडान रद्द गरिएको छ ।

china-typhoon4आँधीबाट जापानको ओकिनावा द्वीप श्रृंखला र ताइवान पनि प्रभावित बनेको छ । शुक्रबार आएको आँधीका कारण ताइवानको राजधआनी ताईपेमा स्टक मार्केट र सरकारी अफिस बन्द गरिएको थियो ।

china-typhoon3 china-typhoon2


  •  
  •  
  •