चीनले दियो २० करोड बराबरको २६ उपकरण

205
  •  
  •  
  •  

Nepal Vs chinaकाठमाडौँ, ११ पुस (ओएनएस) : चीनले मीनभवनमा रहेको निजामती अस्पतालको लागि २० करोड बराबरको २६ प्रकारका चिकित्सासम्बन्धी उपकरण शुक्रबार हस्तान्तरण गरेको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणको अवसर पारेर शुक्रबार बिहान हस्तान्तरण गरिएका उपकरणमा एमआरआई, सिटिस्क्यानिङ, एक्सरेललगायत २६ प्रकार रहेको अस्पतालका निर्देशक डा विमलकुमार थापाले जानकारी दिए ।

नेपाल–चीनबीच सन् २०१२ मा भएको सहमतिका आधारमा सो सहयोग उपलब्ध गराइएको हो । सामान्य प्रशासनमन्त्री लाललबाबु पण्डित र चिनियाँ विदेशमन्त्री वाङको समुपस्थितिमा सामान्य प्रशासन मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्याय र नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताईले सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

विसं २०६५ चैत १६ गतेदेखि सञ्चालनमा आएको सो अस्पतालले २०६६ माघ ७ गतेदेखि पूर्ण रुपमा सेवा सञ्चालन गरेको थियो । दैनिक ८०० बिरामीलाई सेवा प्रदान गर्दै आएको उक्त अस्पताल १३२ शय्याको छ । चीन सरकारको सहयोगमा रु ६५ करोडको लागतमा सो भवन निर्माण गरिएको थियो ।

सामान्य प्रशासन मन्त्रालय मातहतमा रहेको उक्त अस्पतालले निजामती कर्मचारीका लागि आधा शुल्कमा सेवा दिइरहेको छ । सो अस्पताललाई विस्तार गरी ५०० शय्यासम्मको पु¥याउन नेपाल सरकारले चिनियाँ पक्षसँग अग्रह गर्ने भएको छ ।


  •  
  •  
  •