चीनमा रहेको अमेरिकी वाणिज्य दूतावास आजदेखि बन्द

219
  •  
  •  
  •  

एजेन्सी । चीनको दक्षिण–पश्चिमी शहर चङ्गदुस्थित अमेरिकी वाणिज्य दूतावासका कर्मचारीले आजदेखि चीन छाडेका छन्। चीनले अमेरिकालाई दूतावास बन्द गर्न सोमबार बिहानसम्मको समयसीमा दिएको थियो । केही घण्टाअघि कर्मचारीहरूले बक्स फाइल र फोहोर राखिएका झोला बोकेर बाहिरिएका हुन् ।

चिनियाँ वाणिज्य दूतावासका कर्मचारी सामान ओसार्दै तस्बिर : रोयटर्स

बीबीसीका अनुसार अमेरिकी कर्मचारीले कार्यालय छाडेसँगै वाणिज्य दूतावास बन्द भएको छ । वाणिज्य दूतावास भवनबाहिर स्थानीय बासिन्दाको भिड लागेको थियो । उनीहरूमध्ये धेरैले चिनियाँ राष्ट्रिय झण्डा बोकेका थिए भने भने कतिपयले सेल्फी लिएका थिए ।

अमेरिकाले गत हप्ता टेक्ससको ह्युस्टनस्थित चिनियाँ वाणिज्य दूतावासलाई बन्द गर्न लगाएको प्रतिक्रिया स्वरूप चीनले अमेरिकी वाणिज्य दूतावासलाई पनि बन्द गर्न भनेको हो।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ्ग वेनबिनले अमेरिकी कदम ‘चीनविरोधी झूटहरूको मिश्रण’ भएको प्रतिक्रिया दिए।

चीन सँगको व्यापार तथा कोरोनाभाइरस महामारी, हङ्कङमा लागु गरिएको विवादास्पद सुरक्षा कानुन लगायतका विषयलाई लिएर चीन र अमेरिकाबीच तनाव बढ्दो छ।


  •  
  •  
  •