चीनले आफ्नै अन्तरिक्ष केन्द्र निर्माणका लागि पठायो ३ अन्तरिक्ष यात्री

124
  •  
  •  
  •  

तस्बिर : सिन्ह्वा

एजेन्सी । चीनले आफैं निर्माण गरिरहेको टियाहे अन्तरिक्ष केन्द्रमा तीन चिनियाँ अन्तरिक्षयात्री पठाएकाे छ । जियूकान स्याटेलाइट लन्च सेन्टरबाट बिहीबार बिहान ९ बजेर २२ मिनेटमा मार्च-२ एफ रकेटले उनीहरु चढेको सेन्झोउ-१२ यानलाई अन्तरिक्ष केन्द्र लगेको हो । प्रक्षेपण सफल भएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । चीनले पछिल्लो ५ वर्षमा पहिलो पटक अन्तरिक्षयात्रीहरुलाई अन्तरिक्षमा पठाएको हो ।

अन्तरिक्ष केन्द्रमा पठाइएका चिनियाँ अन्तरिक्षयात्रीहरुमा ५६ वर्षीय निह हाइसङ,५४ वर्षीय लिउ बोमिङ र ४५ वर्षीय थङ हङ्बो रहेका छन् । हाइसङ यसअघि सेन्झोउ-६ र सेन्झोउ-१० मिसनमा काम गरिसकेका अनुभवी टाइकानट्स(चिनियाँ अन्तरिक्षयात्री) हुन् । बोमिङ सेन्झोउ-७ मिसनमा सहभागी थिए भते थङको यो पहिलो अन्तरिक्ष मिसन हो ।

उनीहरु त्यहाँ ३ महिना बसेर अन्तरिक्ष अन्वेषणसम्बन्धीका कामहरु गर्नेछन् । निर्माणाधीन अवस्थामा रहेको अन्तरिक्ष केन्द्रलाई एसेम्बल गर्ने, अन्य ‘एक्स्ट्रा भेहिकुलर’ गतिविधि गर्ने र अन्तरिक्ष केन्द्रको कक्ष मर्मतसम्हार गर्ने कार्यमा खटिने चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।


  •  
  •  
  •