चीनमा बाढीका कारण कम्तीमा पाँच जनाको मृत्यु

131
  •  
  •  
  •  

एजेन्सी । दक्षिणी चीनमा भिषण वर्षापछि आएको बाढीका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।
यस्तै बाढीमा हजारौँ मानिस फसेको अधिकारीहरूले बताएका छन् ।

वर्षाले सयौँ घरमा क्षति पुर्याउनुका साथै हजारौँ हेक्टर जमिनमा लगाइएका बालीनाली समेत सखाप पारेको छ ।
अझै केही दिनसम्म पानी पर्ने क्रम जारी रहने अनुमान गरिएको छ ।

सरकारी सञ्चारमाध्यमले जनाए अनुसार वर्षाका कारण २० लाख मानिसहरु प्रभावित भएका छन् भने सडक तथा पुलमा नराम्ररी क्षति पुगेको छ ।

ग्वाजो प्रान्तको एउटा शहर नै दुई मिटर पानीमा डुबेको छ । मौसम पूर्वानुमानसम्बन्धी चिनियाँ निकायले दक्षिणी प्रान्त जियाङ्गसी र हुनानमा जुन महिनायताकै सबैभन्दा बढी वर्षा भएको जनाएको छ ।


  •  
  •  
  •