चीनको केमिकल कम्पनीमा बिस्फोट हुँदा २२ को मृत्यु

539
  •  
  •  
  •  

काठमाडौं, १२ मंसिर(एजेन्सी) । उत्तरी चीनको एक केमिकल कम्पनीमा बुधबार बिस्फोट हुँदा कम्तीमा २२ को मृत्यु भएको छ भने २२ घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

ग्लोबल टाइम्सका अनुसार बिस्फोट राजधानी बेइजिङबाट दुई सय किलोमिटर टाढा झांगजियाकोउस्थित हिबेई शेंगुआ केमिकल कम्पनीमा भएको हो ।

घटनामा ५० वटा साना–ठूला ट्रक समेत जलेका छन् । बिस्फोटका कारणबारे अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।

विष्फोट के कारण भएको हो भन्नेबारे कम्पनीले केही जानकारी दिएको छैन । न्युयोर्क टाइम्सले भने उद्योगको सुरक्षा अधिकारी वुले सांघाईको एक पत्रिकालाई दिएको भनाई उद्धृत गर्दै लेखेको छ, ‘उद्योगमा रसायन डेलिभर गर्न आएका ट्रकहरु मध्ये एक ट्रकमा विष्फोट भएको थियो ।

त्यसपछि शृङ्खलाबद्ध रुपमा अन्य ट्रकहरु विष्फोट भएका थिए ।’ यसअघि, सन् २०१५ मा तियानजिनमा भएको रसायन विस्फोटमा एक सय ७३ जनाको मृत्यु भएको थियो ।


  •  
  •  
  •