एउटा अनौठो प्रचलन : जहाँ खुर्सानीको राजा बन्न यस्तो गरिन्छ

355
  •  
  •  
  •  

६ चैत्र : खुर्सानीको नाम सुन्ने बित्तिकै पिरो हुन्छ । यसलाई खानामा प्रयोग गर्नु भन्दा अरु के मा प्रयोग गर्न सकिएला र ? तर यो समाचार सुने पछि तपाईंको अनुमान पनि फेल खान सक्छ । चीनमा पिरो खुर्सानी धेरै खाएर ‘खुर्सानीको राजा’ बन्ने अनौठो प्रचलन रहेको छ ।

चीनमा प्रत्येक वर्ष मनाइने ‘खुर्सानी महोत्सव’मा अत्यन्तै पिरो मानिने रातो खुर्सानी छोटो समयमा धेरै खाएर एक युवा ‘खुर्सानीको राजा’ अर्थात चिल्लि किंग बनेका छन् । चीनको हुनान प्रान्तस्थित निंगसियांग शहरमा आयोजित महोत्सवमा सु नाम गरेका ती युवकले ६० सेकेण्डमा १५ ओटा खुर्सानी खाएर पहिलो भएपछि उनी ‘खुसार्नीको राजा’ बनेका हुन् ।

चिनियाँ सरकारी सञ्चारमाध्यम ‘ग्लोबल टाइम्स’का अनुसार यस प्रतिस्पर्धामा सहभागी प्रत्येक प्रतियोगीले अत्यन्तै पिरो मानिने तथा चीनमा ‘खुर्सानीको राजा’ नामले चिनिने बिशेष प्रकारको खुर्सानी जतिसक्दो धेरै खानु पर्ने हुन्छ , त्यो पनि पानी र खुर्सानी मिसाएर हालिएको ठूलो भाँडो भित्र बसेर ।

उक्त प्रतियोगीतामा अत्यन्तै पिरो पानीमा बसेर खुर्सानी खानु पर्ने भएकोले प्रतियोगीहरुको पेट भित्र मात्र नभई शरीरका बाहिरी संवेदनशील अंगहरु आँखा, कान लगायत गुप्तांगहरुमा समेत खुर्सानीको पिरोले पोल्ने गर्दछ । अत्यन्तै कठिन मानिने यो प्रतिस्पर्धामा सहभागी हुन चाहने मानिसको संख्या भने बढ्दो रहेको बताइन्छ ।एजेन्सी


  •  
  •  
  •