बोलिभिया चिलीसँग पराजित, हारेर पनि पुग्यो क्वाटरफाइनलमा

130
  •  
  •  
  •  

chile vs boliviaकाठमाडौ, ५ असार(ओएनएस) : कोपा अमेरिका फुटबल प्रतियोगिताको शनिबार बिहान सम्पन्न खेलमा बोलिभियालाई पराजित गर्दै आयोजक चिली क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

समूह चरणको अन्तिम खेलमा चिलीले बोलिभियालाई ५–० को फराकिलो अन्तरले पराजित गरेको हो । खेलमा चिलीलाई विजयी गराउन चार्ल्स अराङ्ग्वेजले २ तथा अलेक्सिस सान्चेज र ग्यारी मेडेलले १–१ गोल गरे । खेलको अन्त्यतिर बोलिभियाका खेलाडीले आत्माघाती गोल गरेपछि चिलीले ५-० को फराकिलो जीत दर्ता गरेको हो ।

हारका बाबजुत बोलिभिया पनि क्वाटरफाइनल प्रवेश गरेको छ । चिली ३ खेलबाट ७ अंकका साथ शीर्ष स्थानमा रहँदै क्वाटरफाइनल प्रवेश गरेको हो भने बोलिभिया ३ खेलबाट ४ अंक बटुल्दै दोस्रो स्थानमा रहेर क्वाटरफाइनल प्रवेश गरेको हो ।

आज बिहान भएको यहि समूहको अर्को खेलमा मेक्सिकोलाई इक्वेडरले २–१ ले पराजित गरेपछि पराजित भएपछि पनि बोलिभियाको क्वाटरफाइनलको यात्राका लागि बाटो खुलेको हो ।

प्रतियोगिताअन्तर्गत् आज कोलोम्बिया र पेरु तथा ब्राजिल र भेनेजुएला भिड्ने छन् ।


  •  
  •  
  •