प्रधानन्यायाधीशसँगै नुहाउन गएका बालक नदीमा वेपत्ता

158
  •  
  •  
  •  

चितवन, २६ साउन (ओएनएस) :  प्रधानन्यायाधीशसँगै चितवनको देवघाटमा नुहाउन गएका एक बालकको वेपत्ता भएका छन् । नुहाउने क्रममा नदीले बगाएपछि उनी वेपत्ता भएका हुन् । हिजो साँझ भरतपुर नगरपालिका–१ स्थित देवघाटमा १५ वर्षीय निश्चल शर्मा नुहाउने क्रममा नदीले बगाएर बेपत्ता भएको हो । निश्चल प्रधानन्यायाधीश दामोदर शर्माको दाइका नाति रहेको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ । उनीसँगै नुहाउन नदीमा पसेका प्रधानन्यायाधीश शर्माका सुरक्षा गार्ड लोकेन्द्र भुलको भने डेनमार्कका नागरिकले बगाउँदै गरेका बेला उद्धार गरेको प्रहरीले जनाएको छ । उनको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । बोलबममा नुहाउन प्रधानन्यायाधीशसहित उनका परिवार देवघाट आएका हुन् ।


  •  
  •  
  •