झूठ बोल्न माहिर हुन्छन् तीक्ष्ण मष्तिष्क भएका बच्चाहरू

477
  •  
  •  
  •  

child memoryकाठमाडौ, असार(एजेन्सी) :  शोधकर्ताहरूका अनुसार जुन बच्चाहरूको सम्झने क्षमता राम्रो हुन्छ उनीहरू झूठ बोल्न माहिर हुन्छन् ।

‘जर्नल अफ एक्सपेरीमेन्टल चाइल्ड साइकोलोजी’ मा प्रकाशित प्रतिवेदनका अनुसार बेलायतका चार वटा विद्यालयका १ सय १४ बच्चाहरूमा गरिएको प्रयोगको आधारमा यो निष्कर्ष निकालिएको हो ।

उत्तर फ्लोरिडा, शेफिल्ड र स्टर्लिंग विश्वविद्यालयका शोधकर्ताहरूले यो प्रयोगमा ६ र ७ वर्षका बच्चाहरू पनि रहेका थिए ।

उनीहरूलाई सजिलो खेलको नक्कल गर्न दिइएको थियो र यस बारेमा झूठ बोल्न भनियो । शोधकर्ताहरूले बच्चाहरूले आफ्नो झूठलाई लुकाउनका लागि कस्तो कथा बनाउँछन् । शोधकर्ताहरूले जुन बच्चाहरू झूठ बोल्छन्, उनीहरूको शब्द सम्झन सक्ने क्षमता बढी भएको निष्कर्श निकालेका थिए ।

यी बच्चाहरू झूठ बोल्ने क्रममा शब्दहरू निकै राम्रोसँग प्रयोग गर्ने गर्थे । यो शोधमा सबैभन्दा अचम्मको कुरा के भने मात्र एक चौथाई बच्चाहरूले मात्र नक्कल गर्न सके ।


  •  
  •  
  •