इण्डोनेसियामा ४ वर्षका बच्चाले पिउँछन् दैनिक दुई प्याकेट चुरोट

90
  •  
  •  
  •  

काठमाडौ, ५ भदौ(एजेन्सी) : पश्चिमी देशमा धुम्रपान गर्नेहरूको संख्या घटिरहेको छ, तर यसको विपरित इण्डोनेसियामा भने धुम्रपान गर्नेको संख्या दिनप्रतिदिन बढिरहेको छ ।

children-smoking-cigarette-in-indonesia1इण्डोनेसियामा ६० प्रतिशत पुरूष नियमित रूपले धुम्रपान गर्ने गर्छन् र तमाखुको प्रयोग पनि निकै धेरै नै गर्ने गर्छन् । यी विषयबारे जानकारी हासिल भएपछि यस विषयमा एक डकुमेन्ट्रीनै तयार गरिएको छ । उक्त डकुमेन्ट्री निर्माण गरेका क्यानडाका फोटोग्राफर मिशेल सिऊका अनुसार धुम्रपान इण्डोनेसियाको संस्कृति नै बनिसकेको छ ।

children-smoking-cigarette-in-indonesiaमिशेलका अनुसार केही बच्चाहरू आफ्नो जिन्दगीको पहिलो धुम्रपान चार वर्षको उमेरमा गर्नेगर्छन् । तमाखुको प्रयोग इण्डोनेसियाको सबैभन्दा ठूलो समस्या हो र यो यहाँको संस्कृति, राजनीति र अर्थव्यवस्थाको एक पाटो नै बनिसकेको छ । यहाँ हरेक १० कदममा धुम्रपान गरिरहेका मानिस र तमाखुको विज्ञापन भेटिन्छन् ।

children-smoking-cigarette-in-indonesia2इण्डोनेसियाको अर्थव्यवस्था तमाखु उद्योगमा निर्भर रहन्छ, यसमा निकै धेरै फाइदा हुने गरेको पाइएको सञ्चारमाध्यमहरूमा जनाइएको छ । धुम्रपानलाई लिएर यहाँको नियम अन्य ठाऊँभन्दा फरक छ । सार्वजनिक ठाऊँमा र विद्यालय जाँदै गरेका बच्चाहरूले धुम्रपान गरेको देख्नु कुनै अनौठो कुरा होइन ।

children-smoking-cigarette-in-indonesia4इण्डोनेसियाली सरकारको लागि तमाखु उद्योग बन्द गर्नु निकै गाह्रो काम हो, किनकी यदी यी उद्योग बन्द गरे पैसा कमाउने ठूलो माध्यम बन्द हुन्छ । मिशेलका अनुसार धुम्रपान इण्डोनेसियाका मानिसहरू र यिनीहरूको संस्कृतिका लागि समेत खतरा बनिसकेको छ । बच्चाहरू समेत युवा जसरी नै धुम्रपान गर्छन् । केही बच्चाहरूले त दिनमा दुई प्याकेटसम्म चुरोट पिउने गर्छन् ।

 

children-smoking-cigarette-in-indonesia3


  •  
  •  
  •