सिंहदरबार भित्रको बालसंसार (फोटोफिचर)

401
  •  
  •  
  •  

काठमाडौं, १३ साउन (ओएनएस) : सिंहदरवार भित्र नीति निर्माणबारे छलफलमात्र होईन दुधे बालबालिकाको हाँसो र रोदनपनि गुञ्जिन्छ । आमाबाबु सरकारी काममा व्यस्त भएका बेला स-साना बालबालिकाले निश्चल प्रेम साटासाट गर्दै गरेको दृश्य रोमाञ्चक लाग्छ । ‘कोही खेल्छन्, कतिले रोएरै हैरान बनाउछन्, कोही त घर जानै मान्दैनन्’, सिंहदरवार शिशु स्याहार केन्द्रमा कार्यरत एक सहयोगीले भनिन्, ‘बच्चैबच्चाको माँझमा म आफू कतिबेला बच्चा बन्छु थाहै हुदैन ।’

IMG_4105
तस्वीर : कविन अधिकारी

तर बिडम्बना सिंहदरबार भित्र करारमा कार्यरत कर्मचारीका बच्चाले भने अब यो सुबिधा नपाउने भएकाछन् । महिला मन्त्रालयले यो आर्थिक बर्षदेखि करारमा कार्यरत कर्मचारीका बच्चालाई अब थप भर्ना नलिने र भएकालाई पनि तीन महिना भित्र निकाल्न उर्दी जारी गरेको छ । स्थायी कर्मचारीका बच्चा राख्न अपुग भएको भन्दै महिला मन्त्रालयले कार्ययोजना नै तयार गरिसकेको छ । बच्चा राख्न पालोमा बस्ने धेरै छन् ।

करारमा कार्यरत कर्मचारीले आफूहरुलाई फरक व्यवहार गरेको भन्दै आक्रोश प्रकट गरेकाछन् । नाम नखुलाउने सर्तमा एक करार कर्मचारीले भने, ‘ज्यालादारको तलब पनि कम, अरु कर्मचारी भन्दा चाडो अफिसमा आउनुपर्ने अनि हाम्रा बच्चालाई नै सुबिधाबाट बञ्चित गरिने ?’ उनी सरकारलाई प्रश्न गर्छन्, ‘शिशु स्हारको क्षमता बढाउन छोडेर हाम्रा बच्चालाई सुविधा बञ्चित किन गरियो ?

निजी क्षेत्रमा खुलेका मन्टेश्वरी प्रणाली भन्दा बढी गुणस्तरीय भएको दाबी गर्छिन, सहव्यवस्थापक संगित घिमिरे । ‘क्षमता भन्दा बढी बालबालीका राख्नुपर्ने भएपछि बाध्य भएर महिला मन्त्रालयले यो निर्णय लिएको हो ।’ निजामती श्रीमति संघको पहलमा खोलिएको शिशु स्याहार केन्द्रको व्यवस्थापनको जिम्मा पनि निजामती श्रीमतिसंघले नै लिएको छ । जाडो र गर्मीबाट बच्न एसीको व्यवस्था गरिएको छ ।IMG_4075

तीनवटा सुविधासम्मन्न कोठामा कार्यलय सहयोगीदेखि उपसचिव सेवामा कार्यरत कर्मचारीका बच्चा राखिएको छ । बच्चाको स्याहार गर्ने १० जना कर्मचारी छन । एक कर्मचारीले ५ जना बच्चाको रेखदेख गर्दै आएका छन् । बच्चाको हेरचाह गर्न प्रत्येक महिना डाक्टर आएर जाँच गर्छन् । प्रत्येक कोठामा सिसिटिभी जडान गरिएको छ ।  लेखा अधिकृत कमला सापकोटाका अनुसार यसपटक सरकारले शिशुस्याहार केन्द्रलाई ३० लाख रुपैंया विनियोजन गरेको छ । थप २ कोठा बनाउने तयारी ।

२०६७ साल बैशाखमा तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपालले उद्घाटन गरेको ‘सिंहरवार शिशु स्याहार केन्द्र’को क्षमता ५० जना बालबालिका राख्ने भएपनि ६० जना बालबालिकालाई यो सुबिधा उपलब्ध गराइएको छ ।

IMG_4087

IMG_4108

IMG_4118

IMG_4117

IMG_4101

IMG_4080

सिंहदरवार भित्र ‘बाख्राको खोर’


  •  
  •  
  •