काठमाडौ, २ भदौ(एजेन्सी) : इराकमा आतंकी संगठन आईएसआईएसको डरले सिंजर पहाडको शरण लिइरहेका परिवार भोकले आत्तिएका छन् । भोक र प्यासले आत्तिरहेका परिवारले आफ्ना सन्तानलाई जिउँदो राख्नका लागि आफ्नै रगत पिलाएर जिउँदो राख्ने प्रयास गरेका छन् ।
यी मानिसहरूको बारेमा यस्तो खुलासा तब भयो जब ८ हजार यजिदीहरू उक्त पहाडबाट बचेर निस्किन सफल भए । बचेका मानिसहरूमध्ये एक व्यक्तिले एक अनलाईनलाई भोक र प्यासका कारण मृत्यु भएका आफ्ना चार सन्तानलाई कसरी गाडे भनेर बयान गरेका थिए । उनले भने, पहाडमा उनीहरूलाई गाड्ने ठाऊँ नै थिएन, यसैले मैले आफ्ना बच्चाहरूको शरिरलाई ढुङ्गाले छोपेर छाडिदिए ।’
अर्का एक व्यक्तिले त्यहाँका बच्चाहरू यति भोक प्यासले आत्तिएका थिए की उनीहरूलाई उनका बाबुआमाले आफ्नो हात काटेर रगत पिलाएका थिए ।