नवजात शिशु चाेरी भएपछि नारायणी अस्पतालमा तनाव

469
  •  
  •  
  •  

वीरगञ्ज,२१ माघ (ओएनएस) : वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रसूति गृहबाटै नवजात शिशु हराएको भन्दै आफन्तजनले नाराबाजी गरेका छन् ।

वीरगञ्ज उपमहानगरपालिका १ की आशादेवी पासवानका नवजात शिशु हराएको विषयलाई लिएर अस्पतालमा तनाव भएको हो । आशादेवीले छोरालाई जन्म दिएकी थिइन् ।

एक अपरिचित महिलाले बच्चा खेलाउन बाहनामा चोरेर लगेको उनकी सासु रमावतीदेवी पासवान बताइन् ।

अस्पतालका मेडिकल सुपरिडेन्डेन चित्तरञ्जन शाहले घटनाको अनुसन्धान भइरहेको बताए ।


  •  
  •  
  •