तीन वर्षीय बालकको पेटभित्र बच्चा

459
  •  
  •  
  •  

काठमाडौं, जेठ २६ – सर्लाही बबरगंजका तीन वर्षीय बालक अनुरागकुमार चौधरीको पेटको ट्युमरभित्र अर्को बच्चा भेटिएको छ ।
जेठ १९ गते कान्ति बाल अस्पतालमा शल्यक्रिया गर्दा चार ग्रामको ट्युमरभित्र २ सय ५० ग्रामको बच्चा फेला परेको हो ।
शल्यक्रियामा संलग्न डाक्टर अनुपमा थापाका अनुसार बच्चाको ट्युमरमा हल्का कपाल पलाइसकेको टाउको आकृतिको डल्लो फेला परेको छ । त्यसमा भर्खर विकास हुँदै गरेका हात र ६ वटा औंला भएका खुट्टासमेत छन् ।
‘त्यो बच्चाको शरीरमा हड्डीको पनि विकास हुँदै गरेको देखियो,’ डाक्टर थापाले भनिन ।
गत असोज महिनामा आमा रामजैसी चौधरीले दूध खुवाउँदा बालकको पेटमा डल्लो परेको देखेको थिईन । स्थानीय चिकित्सकम्हा जचायँदा पत्थरीको शंका गरेर कान्ति अस्पताल पठाइयो । कान्तिले परीक्षणपछि ट्युमर भएको पत्ता लगायो ।
गत वैशाखमा पनि सर्लाहीकै एक बच्चाको पेटमा यसैगरी बच्चा आकृतिको ट्युमर फेला परेको थियो ।
चिकित्सका अनुसार बच्चाको पेटभित्र ट्युमर र त्यसभित्र अर्को बच्चा हुनुलाई फिटस इन फिटो भनिन्छ । डा थापाका अनुसार गर्भमा भएको जुम्ल्याहा भ्रुणमध्ये एउटाको विकास हुन नसकेको अवस्थामा त्यो भ्रुण अर्को शिशुभित्रै समामान्य रुपमा विकसित हुन सक्छ ।

 

नागरिक दैनिकबाट


  •  
  •  
  •