ह्वाइटफिल्ड प्रि–स्कुलको आयोजनामा बालबालिकाको फोटो प्रदर्शनी

265
  •  
  •  
  •  

काठमाडौं, १४ चैत (ओएनएस) : काठमाडौंको नयाँबजार टाउन प्लानिङमा रहेको ह्वाइटफिल्ड स्राइन प्रि–स्कुलले शनिबार बालबालिकाको फोटो प्रदर्शनी गरेको छ । २ वर्षदेखि ६ वर्षसम्मका बालबालिका बीचमा गराइएको फोटो प्रतियोगितामा ४ वर्षीया बालिका लुमिना महर्जन पहिलो भइन् ।

प्रतियोगितामा ३४ जना बालबालिकाको फोटो प्रदर्शनीमा राखिएका थिए । ती मध्ये एलिन मानन्धर दोस्रो र सब्रिया महर्जन तेस्रो भएकी संयोजक अनुपमा दाहालले जानकारी दिइन् । बालबालिकाको सर्वाङगिण विकासका लागि यस किसिमका प्रतियोगिता कार्यक्रमहरु सञ्चालन भैराख्ने उनको भनाइ छ ।

दाहालले भनिन्, ‘हाम्रै स्कुलमा पढिरहेका र आसपासका बालबालिकाको फोटो प्रदर्शनीमा राखिएको हो । ती नानी बाबुहरुको अभिभावकले खिच्नु भएका तस्विरहरु संकलन गरेर प्रदर्शनीमा राख्यौं । अभिभावकहरु नैं आएर राम्रो तस्विरमा भोटिङ गर्नुभयो ।’

First prize for photo contest

३४ जनामध्ये उत्कृट १२ जनाको छनोट गरी ती मध्येबाट पहिलो, दोस्रो र तेस्रो फोटो छनोट गरी पुरस्कार प्रदान गरिएको थियो । विद्यालयले २०७२ सालको क्यालेन्डर निकाल्न लागेको जानकारी दिँदै संयोजक अनुपमा दाहालले उत्कष्ठ १२ जना बालबालिकाको फोटो उक्त क्यालेन्डरमा समावेश गराइने जानकारी दिइन् ।

Contestant chart 1

उनले भनिन्, ‘स्कुलले छिट्टै २०७२ सालको क्यालेन्डर निकाल्दैछ । आज उत्कृष्ट फोटोमा परेका नानी बाबुको फोटो त्यो क्यालेन्डरमा राख्नेछौं । प्रोफेशनल फोटोग्राफरबाट खिचाइएको फोटो क्यालेन्डरमा समावेश हुन्छन् ।’

विद्यालयका प्रिन्सिपल दुर्गा श्रेष्ठले यस प्रतियोगिताले बालबालिका र अभिभावक दुवैको क्षमता विकास हुने अपेक्षा गरेको बताइन् । बच्चा स्वस्थ नभएसम्म उसको फोटो पनि राम्रो नआउने बताउँदै प्रिन्सिपल श्रेष्ठले बालबालिकाको स्वास्थ्यमा ध्यान दिन अभिभावकलाई आग्रह गरिन् ।

उनले भनिन्, ‘मैंले पनि प्रसुती गृहमा भएको फोटो प्रदर्शनीमा भाग लिएकी थिए पारस जन्मेको बेला । त्यसले बच्चाको स्याहार कसरी गर्ने, कसरी स्वस्थ राख्ने र कस्तो बच्चाको फोटो राम्रो आउँछ भन्ने जान्न पाएँ । तपाईहरु पनि बच्चालाई स्वस्थ राख्नुस् फोटो पनि राम्रो आउँछ । बच्चाको बृद्धि विकास राम्रो हुन्छ र उसले छिटै सिक्न सक्छ ।’

contestant chart 2

प्रदर्शनीका निर्णायक तथा बरिष्ठ फोटोग्राफर यस किसिमका प्रयिोगिताले बालबालिकाको सर्वाङगिण विकास हुनुका साथै नैतिक र आत्मविश्वास बढ्ने बताए । तस्विर स्टुडियोका सञ्चालक श्रेष्ठले बालबालिकाको फोटो खिच्न सबैभन्दा गाह्रो हुने बताउँदै फोटो खिच्ने व्यक्ति पनि बच्चा जस्तै बनेमात्रै राम्रो फोटो खिच्न सकिने बताए ।

रक्तकाली शिक्षण प्रतिष्ठानको मातहतमा दक्षिण अफ्रिकाको प्रि–स्कुलमा आधारित ह्वाइटफिल्ड स्राइन प्रि–स्कुल गएको फागुन अन्तिम हप्तादेखि सञ्चालनमा आएको हो । नेपाली कला, संस्कृति तथा परिवेश अनुसार शिक्षण सिकाइ कृयाकलाप सञ्चालन गरीने भाइस प्रिन्सिपल पारस श्रेष्ठले बताए ।

Contastant chart 3

उनले भने, ‘दक्षिण अफ्रिकामा सञ्चालन भैरहेका प्रि–स्कुलले प्रयोग गरिरहेका पाठ्यक्रमलाई हामीले फलो गरेका छौं । साउथ अफ्रिकन प्रि–स्कुल बेस्ड कोर्स प्रयोग भएको नेपालमैं यो पहिलो पटक हो । हामी बालबालिकालाई विद्यालय जानका लागि तयार पार्छौं ।’ काठमाडौंको भित्री भागमा भए पनि विद्यालय परिसरको वातावरण शान्त तथा प्राकृतिक छ ।

स्कुल परिसरलाई प्राकृतिक बनाउन मन्दिर आकारमा भौतिक संरचना तयार पारिएको र २ सय ८० प्रजातिका बिरुवा लगाइएको भाइस प्रिन्सिपल पारस श्रेष्ठले बताए । उनले भने, ‘भौगोलिक बनावट स्पेट–वाइ–स्टेप बनाएका छौं, जसले बालबालिकाको मानसकि तथा शारीरिक विकासमा मद्दत गरोस् । नेपाली संस्कृति, सामाजिक रीतिरिवाज सिकाउनका लागि भनेर हामीले नेपाली परिवेश सुहाउँदो भौतिक संरचना बनाएका छौं ।’


  •  
  •  
  •