मावली घरमा रहेका दुई वर्षीय बालकको हत्या, एक युवती पक्राउ

158
  •  
  •  
  •  

murder
बारा, १२ भदौ (ओएनएस) : बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ३ जोलाही टोलमा दुई वर्षीया बालकको हत्या भएको छ ।

रौतहटको गढिमाई नगरपालिका वडा नम्बर ७ का आबिद अन्सारीका छोरा रेआल अन्सारीको हत्या भएको प्रहरीले जनाएको छ । आमा रुबिना खातुनसंग मावली घर सिम्रौनगढमा रहेका बालक आइतबार राति हत्या गरिएको अवस्था फेला परेका हुन् ।

आईतबार बिहान ११ बजे देखि हराएका रेआल, राति साढे आठ बजे छिमेकी रुबैदा खातुनको आँगनमा मृत अवस्थामा फेला परेको बारा प्रहरीले जनाएको छ । बालकको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले २० वर्षीया हसबुन खातुनलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई ईलाका प्रहरी कार्यालय सिम्रौनगढको हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक लालसर्व श्रीबहादुर सिंहले जानकारी दिए ।


  •  
  •  
  •