बारामा अपहरणपछि ५ वर्षिया बालकको हत्या

237
  •  
  •  
  •  

baraबारा, ६ बैशाख (ओएनएस) :  बारामा शुक्रवार साँझ एक बालकको अपहरणपछि हत्या भएको छ । जिल्लाको करैया–७, बजनी निवासी बच्चु यादवका ५ बर्षीय छोरा निवेश यादवको अपहरण पश्चात हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय बाराले दिएको जानकारी अनुसार बालकको हत्या भएको पुष्टि भएको छ ।

घरबाट साँझ बजे बजे खेल्न हिडेका निवेशलाई घर नजिकैकव मकै बारीमा हत्या गरिएको अवस्थामा फेला पारिएको थियो । साँझ खेल्न निस्केका केका छोरो राती अबेर सम्म घर नफर्केपछि बुवा बच्चु यादवले खोजी कार्य सुरु गरेका थिए ।

मृतक यादवकोे टाउँकोमा गम्भिर चोट लागेको थियो । मृतक बालक यादवको शवलाइ पोस्टमार्टमका लागि जिल्ला अस्पताल कलैयामा राखिएको छ । प्रहरीले गाउँलेहरुको सह्योगमा हत्यामा संलग्न रहेको आशंकामा एक जना भारतीयलाइै पक्राउ गरेको छ । भारतको बिहार स्थित इनार्वा बस्ने ४० बर्षीय टुनटुन महतोलाइ स्थानीयहरुले पक्राउ गरी प्रहरीको जिम्मा लगाए । बिगत केही दिन देखी सो गाउँमा ओहोर दोहोर गरिरहेका महतोले नैं बालकको हत्या गरेको भन्दै गाउँलेले उनलाई कुटपिट समेत गरेका थिए ।

मकै बारीमा घुमि राख्ने, मानसिक अवस्था ठीक नभएका देखिने महतो हत्या पश्चात नजिकैको इँटा भट्टामा रक्सीले मात्तिएर सुतिरहेको अवस्थामा गाउँलेले समातेर कुटपिट गरेको स्थानीयले बताए । पक्राउ परेको महत्तो स्थानीय इँटा भट्टा उद्योगमा काम गर्ने मजदुर हुन् । यसैबिच हत्या गरिएका बालकको शव सहित कलैयामा प्रदर्शन गरिएको छ ।

शान्ति सुरक्षा दिन नसक्ने गृहमन्त्री बामदेव गौतमको राजिनामा सहित प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थी र प्रहरी उपरिक्षक लोकेन्द्रबहादुर मल्ललाइ कारवाहीको माग गर्दै मृतकका आफन्त र बजनीका स्थानीयले कलैयामा प्रदर्शन गरेका हुन् ।

उनीहरुले कलैया अस्पतालबाट बालकको शव सहिँत कलैया नगर परिक्रमा गरी आमने सामने रहेको जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय अगाडी नैं सडकमा मृतक बालकको शव राखी प्रर्दशन गरेका छन् ।


  •  
  •  
  •