मुटु बाहिर निस्किएको बच्चा जन्मियो

80
  •  
  •  
  •  

काठमडौं ८ चैत । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज मुटु बाहिर भएको शिशुको जन्म भएको छ । झापा बनियानी–४ की श्रुति कार्की (दाहाल)ले बिहान ५ बजेर ५ मिनेटमा जन्माएको उक्त शिशुको मुटु शरिर बाहिरै रहेको छ । चारदिन अघि सुत्केरी व्यथा लागेर प्रतिष्ठानमा उपचारका लागि ल्याइएकी श्रुतिको शल्यक्रियामार्फत बच्चा निकालिएको हो ।

कार्कीको शल्यक्रिया प्रतिष्ठानका डा रमेश श्रेष्ठले गरेका थिए । मुटु बाहिर रहेको शिशुको तौल दुई किलो ४०० ग्राम रहेको छ । शिशुको अवस्था हालसम्म सामान्य रहेपनि बाहिर रहेको मुटु शल्यक्रिया गरेर भित्र राख्नेसम्मको उपचार सेवा प्रतिष्ठानमा नभएकाले थप उपचारका लागि कान्तिबाल अस्पतालमा सिफारिस गरिएको उपचारमा संलग्न डा श्रेष्ठले बताए। अन्न्पूर्णपोष्टबाट


  •  
  •  
  •