भैरहवामा २४ वर्षीया महिलाले जन्माइन चम्ल्याहा शिशु

139
  •  
  •  
  •  


काठमाडौं । रुपन्देहीमा एकै पटक ४ शिशुहरूको जन्म भएको छ । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा २४ वर्षीया सीता सार्कीले चम्ल्याहा शिशुको जन्म दिएकी हुन् । कात्तिक ६ गते अस्पताल भर्ना गरिएकी पाल्पाको माथागढी गाउँपालिका ९१ चिदीपानीकी उनले ९ गते दिउँसो ४ छोरीलाई जन्म दिएको अस्पतालले जनाएको छ । मंगलबार दिउँसो २ बजे जन्मिएका शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।


  •  
  •  
  •