२५ वर्षीया महिलाले एकै पटक जन्माइन् ९ वटा शिशु

410
  •  
  •  
  •  

एजेन्सी । मालिकी २५ वर्षीया महिलाले एकैपटक ९ वटा शिशुलाई जन्म दिएकी छन्। हालिमा सिस्सेले मोरोक्कोको एक क्लिनिकमा सिजेरियन विधिबाट शिशुलाई जन्म दिएकी हुन्। जन्मिएका शिशुहरु पाँच बालिका र चार बालक छन्। बिबिसीसँगको कुराकानीमा हालिमाका श्रीमानले भनेका छन्,‘म धेरै खुशी छु, मेरी श्रमिती र बच्चाहरु (पाँच बालिका र चार बालक)को अवस्था राम्रो छ।’

जन्मिएका शिशुहरुको तौल ५०० ग्रामदेखि एक किलोग्राम सम्म रहेको जनाइएको छ। र उनीहरुलाई दुई देखि तीन महिना इन्क्यिुवेटरमा राखिनेछ।


  •  
  •  
  •