चम्ल्याहा शिशुको जन्म

159
  •  
  •  
  •  

काठमाडौं । धनगढीकी एक महिलाले चार वटा शिशुको जन्म दिएकी छन् । २७ वर्षीया खगित्रा शाहीले सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा बुधबार तीन छोरा र एक छोरीलाई जन्म दिएकी हुन् ।

हाल ती शिशुको अवस्था सामान्य रहेको छ । ती नवजात तीन शिशुको तौल क्रमश ः १.४, १.५, १.६ केजी र एकको ९५० ग्राम रहेको अस्पतालले जनाएको छ । सामान्यतया नवजात शिशु जन्मिँदा २ देखि २.५ किलो हुनुपर्ने मानिन्छ । धनगढीबाट उपचार गर्न सो अस्पतालमा ल्याइएको खगित्राका श्रीमान् पद्म शाहीले बताए । चम्ल्याहा शिशुको जन्म विरलै हुने गर्दछ ।


  •  
  •  
  •