मुख्य सचिव हटाउने विषयमा कांग्रेसमा विवाद

398
  •  
  •  
  •  

काठमाडौं, ६ साउन (ओएनएस) उपसभापति रामचन्द्र पौडेल, अर्थ मन्त्री डा. रामशरण महत मुख्य सचिव परिर्वतन गर्ने खेलमा लागेको भन्दै कांग्रेसभित्र विवाद भएको छ । निजामती सेवामा समय अगावै मुख्य सचिव परिर्वतन गर्ने कुनै प्रावधान नरहेको भन्दै मुख्य सचिव तत्काल परिवर्तन गर्न नहुने पक्षमा नेताहरुले दबाब बढाएका छन् ।

उपसभापति रामचन्द्र पौडेलेको अगुवाईमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, अर्थमन्त्री महत वर्तमान मुख्य सचिव लिलामणि पौडेललाई हटाएर अर्थ सचिव युवराज भुषाललाई मुख्य सचिव बनाउनु पर्ने पक्षमा छन भने शहरी विकास मन्त्री नारायण खड्का, संचारमन्त्री डा. मिनेन्द्र रिजाललगायत भने उद्योग सचिव कृष्ण ज्ञवालीलाई मुख्य सचिव बनाउनुपर्ने पक्षमा लविङ गर्दै आएका छन् । तर, प्रधानमन्त्री सुशील कोइराला भने बर्तमान मुख्य सचिवलाई पौडेललाई नै निरन्तरता दिने पक्षमा छन् ।

कांग्रेस नेता डा. शेखर कोइराला मुलुक संक्रमणकालमा रहेको बेला मुख्य सचिव परिवर्तन गर्नु उचित नहुने बताउँछन् । ‘सबैभन्दा पहिला निजामती सेवा ऐन समय अगावै मुख्य सचिव परिर्वतन गर्ने प्रावधान छैन, कोइरालाले भने,‘पहिलो मुख्य सचिव लोकमान सिंह कार्कीलाई हटाउँदा कस्तो स्थिति उत्पन्न भएको थियो । त्यो कुराको हेक्का राख्नुपर्छ ।’

मुख्यसचिवमा पुगेको व्यक्तिले राजनीतिक आस्था राखेपनि उसले न्याय दिन खोज्ने भन्दै कोइरालाले राजनीतिक आस्थाको आधारमा मुख्य सचिव परिवर्तन गर्नु राजनीतिक बेइामानी हुने बताए । ‘मुलुक अहिले संक्रमणकालबाट गुज्रिरहेको छ, कोइरालाले भने,‘ राजनीतिक अस्थिरता कारण ६÷६ महिनामा सरकार परिवर्तन भइरहेको अवस्था छ । यस्तो बेला मुख्य सचिव नै परिवर्तन गर्नु भनेको मुलुककालागि दुग्र्भाग्यपुर्ण अवस्था हुनेछ ।’

सरकार संचालनको मुख्य सहयोगी दल एमालेभित्र भने मुख्य सचिव परिवर्तनको विषयमा कुनै छलफल नै नभएको नेताहरुल बताएका छन् । ‘मुख्य सचिव हटाँउदा के हुन्छ र किन हटाउने भन्ने विषमा पहिला छलफल हुनुपर्छ उद्योगमन्त्रीसमेत रहेका एमाले नेता कर्णबहादुर थापाले भने,‘अहिले सरकारले विवादमा आउने काम गर्नु हुँदैन । मुख्य सचिवलाई हटाएर विवाद सृजना गर्ने काम गर्नु उचित हुँदैन ।’ उनले मुख्य सचिवसँग जसको स्वार्थ बाँझिएपनि त्यसले समग्र प्रशासनलाई विगार्ने काम गर्न नुहने बताए ।

मुख्य सचिवबाट लिलामणीलाई ‘हटाउने तयारी’


  •  
  •  
  •