कसरी ‘तुहियो’ मुख्यसचिब परिवर्तनको खेल ?

193
  •  
  •  
  •  

मदन कोइराला
काठमाडौं, ९ साउन (ओएनएस) : दुई वर्षअघि आठौं वरियतामा रहेका सचिव लिलामणि पौडेललाई सरकारले मुख्यसचिब बनाउँदा त्यसको विरोधस्वरुप चारजना सचिबले राजिनामा दिएका थिए । वरियाताक्रम मिचेर मुख्यसचिब नियुक्त गरेको भन्दै केही सचिवले राजीनामा दिएपनि ‘स्वच्छ छवी र कुशल प्रशासक’ छानेर पौडेललाइ निजामति कर्मचारीको सर्वोच्च पदमा नियुक्त गरिएको थियो ।

पौडेलभन्दा अगाडिका मुख्यसचिब माधवप्रसाद घिमिरेको नियुक्ती पनि बरियता मिचेर गरिएको भन्दै उनीभन्दा वरिष्ठ सचिवहरूले राजीनामा दिएका थिए । माधवकुमार नेपाल नेतृत्वको सरकारले मुख्य सचिव बनाएका घिमिरेलाई डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले हटाएर विचमै लिलामणि पौडेललाई मुख्यसचिब बनाउने प्रयास गरेको थियो । तर, निजामती सेवा ऐनमा मुख्यसचिब परिवर्तन गर्ने कुनै प्रावधान नभएको भन्दै सरकार पछि हटेको थियो ।

२०६९ साउन २२ मा घिमिरेले अवकाश पाएपछि पौडेल मुख्य सचिबमा नियुक्त भएका थिए । हालका मुख्यसचिव पौडेलको कार्यकाल एकवर्ष बाँकी छँदै कांग्रेस नेतृत्वको सरकारले मुख्यसचिबबाट हटाएर शुक्रवार देखी अनिवार्य अबकासमा जान लागेका युवराज भुषाललाई मुख्यसचिब बनाउने कसरत गरेको थियो । बाबुराम भट्टराई नेतृत्वको माओवादी सरकारले नियुक्ती गरेको, कम्युनिष्ट पृष्ठभुमि भएको र मन्त्रीका फाइल रोकेको आरोपमा सरकारले पौडेललाइ हटाउन खोजेको थियो । यसका पछाडि आर्को एउटा रहस्य लुकेको थियो, कांग्रेस उपसभापति रामचन्द्र पौडेलका सम्धीलाई गुन लगाउने ।

नेपाल प्रहरीको एआईजी बढुवा प्रकरणमा असहयोग गरेपछि असन्तुष्ट बनेका गृहमन्त्री वामदेव गौतमसमेत कम्युनिष्ट पृष्ठमुभि भएका पौडेललाई हटाउन सहमत भएका थिए । स्रोतका अनुसार गौतम कृषि सचिव जयमुकुन्द खनाललाई मुख्य सचिव बनाउने पक्षमा थिए । तर, कांग्रेस उपसभापति पौडेल जसरी पनि आफ्ना सम्धीलाई मुख्यसचिब बनाउने योजनामा रहेका थिए । सत्तासीन दुइदलबीच कस्लाइ मुख्य सचिव बनाउने भन्ने कुरा नमिल्दा मुख्यसचिव फेर्ने ‘बेमौसमी’ प्रस्ताव तुहिएर गयो ।

‘निजमति सेवा ऐनमा मुख्यसचिब हटाउने कुनै प्रावधान नै छैन’, कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइराला भन्छन्, ‘मुख्यसचिब लेवलको मानिसको राजनीति आस्था जे भए पनि उसले न्याय नै गर्छ ।’ लोकमानसिंह कार्कीलाई मुख्यसचिवबाट हटाउँदाको परिस्थिति सृजना गर्न नहुने्मा कोइरालाको जोड छ । जनआन्दोलनको विपक्षमा रहेका कार्कीलाइ नियमविपरित हटाउँदा समानान्तर पद सृजना गर्नुपरेको थियो ।

प्रधानमन्त्रीले रोके

प्रधानमन्त्रीको पदमा बसुन्जेल कुनै पनि विवादस्पद् निर्णय नगर्ने भन्दै प्रधानमन्त्री सुशील कोइरालाले मुख्यसचिब परिवर्तन नगर्ने अडान लिएपनि मुख्यसचिब हटाउने खेल पुरा हुन पाएन् । अमेरिकामा एकमहिना लामो उपचार गराएर मंगलवार स्वदेश फर्केका प्रधानमन्त्री कोइरालालाई स्वदेश फर्कने वित्तिकै सबैभन्दा बढी दबाब मुख्यसचिव परिवर्तन गर्नुपर्नेमा थियो ।

उनी निकट स्रोतका अनुसार प्रधानमन्त्रीले बिहीबार बस्ने मन्त्रिपरिषद्को नियमति बैठकसमेत मुख्यसचिव परिवर्तन गर्न दबाब आउँछ भन्दै शुक्रबारलाई सारेका थिए । त्यसको एउटै कारण थियो, शुक्रवार मुख्यसचिवका दाबेदार मानिएका युवराज भुषालले अनिवार्य अवकाश पाउँदै थिए ।

सुशील र रामचन्द्रबीच चर्काचर्की

निकै प्रयास गर्दा पनि आफ्ना सम्धीलाई मुख्यसचिब बनाउन असफल भएपछि उपसभापति रामचन्द्र पौडेल प्रधानमन्त्री कोइरालासँग क्रुद्ध बनेका स्रोतको दाबी छ । कम्युनिष्ट पृष्ठभुमि भएको, मन्त्रीका सिफारिसमेत क्याविनेटमा रोक्ने गरेको र सरकारलाई असहयोग गरेको भन्दै कुनै पनि हातलमा मुख्यसचिब परिवर्तन गर्नुपर्छ भनेर पौडेलले कोइरालालाई दबाब दिएका थिए ।

आफू अमेरिका स्वास्थ्योपचार गर्न जाँदा कार्यवहाकको अधिकार उपप्रधानमन्त्री गौतमलाई दिएको, पार्टीको कार्यबहाक पौडेललाई दिएको र प्रधानमन्त्रीय पद्धतीको सिद्धान्त विपरित मन्त्रीपरिषद बैठक बस्ने अधिकार समेत प्रत्यायोजन गरेको अबस्थामा बजेट पारित गर्ने क्याविनेटले मुख्यसचिब परिवर्तन गर्न किन कुर्नुपर्यो भन्दै प्रतिप्रंश्न गरेका थिए । ‘बजेट तपाईकै नेतृत्वमा आयो, कार्यवहाकको जिम्मेवारी तपाईलाई नै दिएको थिएँ, कोइरालाको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘राम्रो निर्णय गर्न मलाई पर्खनु नपर्ने विवाद आउने देखेपछि मलाई पर्खने ?’

प्रधानमन्त्रीका पे्रस सल्लाहकार प्रकाश अधिकारीले प्रधानमन्त्री र पौडेलबीच चर्काचर्की परेको कुरा आफूलाई थाहा नभएको उल्लेख गर्दै मुख्यसचिबको मितव्ययी र पारदर्शी कार्यशैलीवाट प्रधानमन्त्री सन्तुष्ट रहेको बताए ।

‘मुख्यसचिव ‘लेफ्टिस्ट्’ (बामपन्थी निकट) हुनुहुन्छ । प्रधानमन्त्री डेमोक्र्याट’, अधिकारीले भने, ‘उहाँको (मुख्यसचिब) कार्यक्षमताबाट भन्दा पनि मितव्ययिताबाट प्रधानमन्त्री प्रभावित हुनुहुन्छ ।’ कोइरालाले उपसभापति पौडललाई सान्त्वना दिन घर फर्कीन लागेका सम्धी भुषाललाई प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको प्रमुख बनाएर खुसी पार्ने कोशिष गरेका छन् ।


  •  
  •  
  •