मुख्य सचिव फेर्ने योजना असफल

296
  •  
  •  
  •  

काठमाडौं, ९ साउन (ओएनएस) : कांग्रेसका केही मन्त्री र उपप्रधान तथा गृहमन्त्री वामदेव गौ्तमको अगुवाईमा मुख्य सचिव परिवर्तन गर्ने योजना तुहिएको छ ।

प्रधानमन्त्री सुशील कोइरालाले आफूले कुनै पनि विवादस्पद निर्णय नलिने बताएपछि मुख्य सचिव परिवर्तन तत्तकालागि रोकिएको हो । मुख्यसचिव लिलामणी पौडेललाई हटाउने बिषयमा प्रधानमन्त्री सुशील कोइरालाले असहमति जनाएका छन् ।

कोइराला अमेरिकामा उपचार गर्न गएको समयमा कार्यबहाक प्रधानमन्त्री समेत रहेका बामदेव गौतम लगायत कांग्रेस मन्त्रीहरुले मुख्यसचिवबाट लिलामणि पौडेललाई हटारए उनको ठाउँमा अर्थ सचिव युवराज भुषाललाई ल्याउने तयारी गरेका थिए ।

पौडेललाई भने कुनै देशको राजदुत बनाउने तयारी भएको थियो । तर प्रधानमन्त्री कोइरालाले मुख्यसचिव परिवर्तन गर्दा विवाद आउने भन्दै हटाउन असहमति जनाएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री कोइरालाले विहीवार बस्नुपर्ने मन्त्रीपरिषद्को बैठक समेत मुख्यसचिव परिवर्तनका लागि दबाब पर्छ भन्ने बुझेर स्थगित गरेका हुन् । आजबाट मुख्यसचिवका दाबेदार भुषाल अनिवार्य अवकाशमा जाने भएकाले विहीवारको मन्त्रीपरिषद्को बैठक स्थगित गरिएको स्रोतले दाबी गर्यो ।
कांग्रेस उपसभापति रामचन्द्र पौडेलका नातामा सम्धी पर्ने भुषाललाई मुख्यसचिव बनाउन पौडेल, अर्थमन्त्री रामशरण महत, उपप्रधानमन्त्री प्रकाशमान सिंह र वामदेव गौतमले पहल गरेका थिए । एआइजी बढुवा प्रकरणमा सरकारलाई असहयोग गरेको भन्दै एमालेबाट सरकारमा सहभागि मन्त्रीहरु समेत मुख्यसचिव पौडेलसंग असंतुष्ट बनेको थिए ।
पौडेल एमाओवादी नेता डा। बाबुराम भट्टराई प्रधानमन्त्री भएको समयमा बरिष्ठहरुलाई पछि पार्दै मुख्यसचिव बनेका थिए । भुषालले आज अनिवार्य अवकाश पाउँदैछन् ।

यो पनि पढ्नुहोस ।


  •  
  •  
  •