आयल निगम वीरगञ्जका प्रमुख शाह आन्दोलनकारीको नियन्त्रणमा

195
  •  
  •  
  •  

वीरगञ्ज, १८ असोज(ओएनएस) : नेपाल आयल निगम वीरगञ्ज वितरण केन्द्रका प्रबन्धक अशोक साहलाई आन्दोलनकारीहरूले नियन्त्रणमा लिएका छन् ।

सोमबार बिहान ना ३ प ७१६६ नम्बरको मोटरसाइकलमा एक सहयोगीसहित पेट्रोलियम पदार्थ आपूर्तिका सम्बन्धमा कुरा गर्नका लागि रक्सौलस्थित भारतीय आयल कर्पोरेशनमा जाँदै गरेका साहलाई दशगजा क्षेत्रमा रहेको मितेर पुलबाट मोर्चाले नियन्त्रणमा लिएको हो ।

आन्दोलनकारीले आन्दोलनप्रति समर्थन जनाउँदै नारा लगाउन बाध्य पारिएको बताइएको छ । आन्दोलनकारीले शाहलाई ४ घण्टा नियन्त्रणमा लिएर वीरगञ्ज फिर्ता पठाएका छन् । उनी सीमापारी रहेका ६३ वटा ट्यांकरमा तेल भराउने सम्बन्धमा कुराकानी गर्न रक्सोल डिपो गईरहेको बताएका छन् ।


  •  
  •  
  •