प्रधानन्यायाधीशद्वारा पाँच मुद्दामा सुनुवाइ, दुईवटामा कारण देखाउ आदेश

67
  •  
  •  
  •  


काठमाडौं । न्यायाधीशहरुको इजलास बहिष्कारका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो एकल इजलामा ५ मुद्दाको सुनुवाइ गरेका छन्। उनले दुई मुद्दामा कारण देखाऊ आदेश जारी गरेका छन् । एउटालाई तामेलीमा पठाउने र एउटाको निवेदन फिर्ता हुने आदेश गरेका छन्। यस्तै, एक मुद्दामा कैफियत प्रतिवेदन झिकाउने उनको इजलासले आदेश गरेको हो।
जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेश सभाका निर्वतमान सांसद सन्तोषकुमार पाण्डेले सभामुख पूर्ण घर्तीविरुद्ध अदालतको अवहेलनामा दायर गरेको मुद्दालाई तामेलीमा राखिएको छ।
यस्तै, भुवन कुमार दाहालले मधु कुमारी चौधरीलगायत ३ जनाविरुद्ध दायर गरेको सम्पति शुद्धीकरण निवेदन फिर्ता हुने आदेश भएको छ। ज्ञानबहादुर जोगीको हकमा अम्बिका विश्वकर्मा र साजन सुनारको हकमा सार्वजनिक प्रतिरक्षक समाज नेपालसँग आवद्ध अधिवक्ता नवल किशोर साहले दायर गरेको बन्दीप्रत्यक्षीकरण मुद्दामा कारण देखाऊ आदेश जारी भएको छ।
यसैगरी, कालोबजार तथा अन्य केही सामाजिक अपराध सम्बन्धी कसूरमा रोशन जैसवालले दायर गरेको मुद्दामा कैफियत प्रतिवेदन झिकाउने आदेश भएको छ ।


  •  
  •  
  •