नवनियुक्त प्रधानन्यायाधीश भन्छन् : हामीमाथि राजनीति नगरियोस्

194
  •  
  •  
  •  

काठमाडौं, २३ असार (ओएनएस) :  नवनियुक्त प्रधानन्याधीश कल्याण श्रेष्ठले बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शपथपछि पदभार ग्रहण गरेका उनले पत्रकारहरुसँग कुरा गर्दै न्यापालीका स्वतन्त्र भएकाले आफूहरुमाथि राजनीति नगर्न आग्रह गरे ।

शीतल निवासमा राष्ट्रपतिबाट शपथ लिएपछि सिधै सर्वोच्च अदालतमा आएका श्रेष्ठले  न्यायपालीका स्वतन्त्र हुनपर्नेमा जोड दिँदै भने , ‘हामी पनि राजनीति गर्दैनौँ, हामीमाथि पनि राजनीति नगरियोस् ।’

 संक्रमणकालमा न्यायपालिका प्रभावित हुन सक्ने बताउँदै अवस्थामा न्याय दिन आफूले सक्दो कोसिस गर्ने उल्लेख गरे। छिटै सर्वोच्चका थप न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने उनले जानकारी दिए।

न्यायाधीशको नियुक्ति गुण र दोषका आधारमा गरिने उनले दाबी गरे। उनले भने, ‘दिनदिनै मुद्दाका फाइलहरु बढिरहेका छन् । तर हेर्ने न्यायाधीशहरु भने निकै कम छन् । त्यसैले पहिला न्यायाधीश नियुक्ति नै मेरो प्राथमिकता हुनेछ ।’

अदालतप्रति जनआस्था बढाउन र कार्य सम्पादनलाई निष्पक्ष पार्न दुई वटा समिति गठन गर्ने उनले जानकारी दिए। न्यायिक निगरानी समिति र न्यायमा पहुँच आयोग गठन गर्ने उनले बताए।

उनको कार्यकाल ९ महिना रहेको छ । मङ्गलबार प्रधानन्यायाधीश रामकुमारप्रसाद साहको उमेर हद ६५ वर्ष पूरा भई सेवानिवृत भएपछि  प्रधानन्यायाधीशमा श्रेष्ठको पदबहाली भएको हो ।


  •  
  •  
  •