प्रधानन्यायधीश जिल्ला दौडाहामा

382
  •  
  •  
  •  

रुपन्देही, पुस ११ (ओएनएस) :  प्रधानन्यायधीश रामकुमार प्रसाद शाहले लुम्विनी अंचलका ६ वटा जिल्लाका न्यायीक तथा अर्धन्यायीक सवै निकायका अधिकारीहरुलाई समेत बुटवलमा भेला गराई सत्य र तथ्यमा आधारीत भई कानुन बमोजिम शिघ्र न्याय निसाफ दिन न्यायीक अधिकारीहरुलाई कडा निर्देशन दिएका छन् ।

अदालतको निरन्तर सुनुवाई एवं न्यायीक कार्वाही अनुगमन गर्ने क्रममा जिल्ला दौडाहामा निस्केका सर्वोच्च अदालतका प्रधानन्यायधिश रामकुमार प्रसाद शाहले जिल्ला अदालत शनिवार पनि खुला राख्न निर्देशन दिएका छन् ।

प्रमुख जिल्ला अधिकारी, मालपोत अधिकृत, जिल्ला वन अधिृकत, अदालतका न्यायधिशहरु, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं सरकारी वकिलहरुसंग मुद्धाको अवस्था र कार्यान्वयन पक्षबारे जानकारी लिदै आवश्यक सल्लाह एवं सुझाव दिएको न्यायधिश किरणकुमार पोख्र्रेलले जानकारी दिए ।

न्यायधिशएवं कानुन व्यवसायीले आचार संहिता पालन ागर्न, संवेदनशिल मुद्धा तत्कालै सुनुवाई गर्न विधि र कानुनीलाई आत्मसात गर्दै सत्य तथ्यमा टेकेर निर्भयतापुर्वक मुद्धा फैसला गर्न प्रधानन्यायधिशबाट निर्देशन पाएको न्यायधिश पोख्रेलले बताए । यसै विच प्रधानन्ययधिश शाहले शुक्रवार पाल्पा जिल्ला अदालतको न्यायीक काम कारवाहि तथा प्रशासनिक एवं भौतिक अवस्थावारे अवलोकन निरीक्षण गरेका छन् ।

शनिवार उनी कपिलवस्तु जिल्ला अदालतको निरीक्षण गर्र्ने र वकिलहरुसंग अन्तक्रियामा सहभागी भई लुम्विनी अवलोकन गर्ने कार्यक्रम रहेको न्यायधिश अच्युत भण्डारीले जानकारी दिए । प्रधानन्यायधिशको यो पहिलो निरीक्षण हो । उनीले रुपन्देही जिल्लाअदालत, पुनरावेदन अदालत बुटवलको पनि निरीक्षण गरेका छन् । प्रधानन्याधिशले आईतवार नवलपरासी जिल्ला अदालतको निरीक्षण गर्ने कार्यक्रमको रहेको छ ।


  •  
  •  
  •