‘नम्बर वान’ भएर काम गर्छु: प्रधानन्यायाधीश शाह

240
  •  
  •  
  •  

महोत्तरी, २३ मंसिर (ओएनएस) : सर्वोच्च अदालतका प्रधान न्यायाधीश रामकुमार प्रसाद शाहले आफ्नो कार्यकालमा ‘नम्बर वान’ भएर काम गर्ने बताएका छन् ।

जन्मथलोमा महोत्तरीको मटिहानीमा २५ किलोको माला लगाई गरिएको नागरिक अभिनन्दन ग्रहण गर्दै प्रधान न्यायाधीश शाहले संविधान निर्माण तथा न्यायपालिकाको भूमिका लागि संवाद समिति र राजनीतिक दलहरुसँग छ पटकसम्म छलफल गरि सल्लाह दिएको खुलासा गरे ।

न्याय सम्पादन जटिल कार्य भएकोले फैसला गर्दा चित्त नबुझाएका पक्षले गर्ने गालीलाई आर्शिवादको रुपमा लिनुपर्ने तथा न्यायाधीशले आचारसंहितालाई पालना गरिरहे अदालतप्रतिको गलत विश्वास हटाउन सकिने उनले बताए ।

शाखा अधिकृतदेखि प्रधान न्यायाधीशसम्मको ४० बर्षे यात्रामा छ पटक सपथ खाइसकेकोले कर्तव्यनिष्ठा, इमन्दारिता र ज्ञानबुद्धिले न्यायालयमा परिवर्तनको अनुभूति गराउने बताउँदै उनले कम्प्युटर शिक्षा अनिवार्य हुनुपर्ने धारणा राखे । विद्यार्थीकालमा शिक्षामन्त्री र बडाहाकिमसम्म गाडी रोकेर गाउँमै आफूहरुले खोलेको पुस्तकालको अवलोकन गराएको सम्झना अझै ताजा रहेको प्रधान न्यायाधीश शाहले सुनाएपछि समारोह स्थलमा तालीको गड्गडाहट सुनिएको थियो ।

Chief Justice 2

प्रधान न्यायाधीश शाहलाई नागरिक अभिनन्दन समारोह समितिबाट बिजयकुमार साह, लक्ष्मीनारायण मटिहानी मठका मठाधीश जग्रन्नाथ दास, गाबिसका पूर्व अध्यक्षहरुको तर्फबाट रामकुमार मण्डल तथा पूर्व उपाध्यक्षहरुको तर्फबाट उपेन्द्र चौधरी, राम उच्च माविका प्रधानाध्यापक गणेशप्रसाद साह,महोत्तरी उद्योग वाणिज्य संघका अध्यक्ष मोहन गुप्ता र नेपाल भारत भातृ मंचका मधवापुरका अध्यक्ष डा.नवलकिशोर सिंहसहितका ब्यक्तिहरुले दोसल्ला ओढाई अभिनन्दन पत्रले सम्मान गरेका थिए ।

Chief Justice 3


  •  
  •  
  •