पाँच लाख रुपैयाँ बढीका कुखुराका चल्ला बरामद

194
  •  
  •  
  •  

challa

बाँके, ६ भदौ (ओएनएस) : बाँकेमा अवैध रुपमा नेपाल भित्र्याउन लागिएका सात हजार ६ सयवटा कुखुराको चल्ला सशस्त्र प्रहरीले बरामद गरेको छ ।

बाँकेको खजुरा गाँउपालिका ४ स्थित खजुरा चोकबाट सशस्त्र प्रहरीले चल्ला बरामद गरेको हो । करिब पाँच लाख ३२ हजार रुपैयाँ बराबरका चल्ला सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्म जमुनाहबाट खटिएको सशस्त्रको सोमबार पक्राउ गरेको थियो ।

बरामद चल्ला स्थानीय पशु स्वास्थ्य प्राविधिक र स्थानीयको रोहबरमा नष्ट गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिए ।


  •  
  •  
  •