छठको तयारी

272
  •  
  •  
  •  

_AKD6456काठमाडौ, ११ कार्तिक (ओएनएस) :  तराई    बासी हिन्दु धर्मालम्बीहरुको पर्व छठ राजधानीको विभिन्न जलाशायमा मनाउने चलन बढ्दै गइरहेको छ ।  छठपर्व  राजधानीको वागमती विष्णुमती नदि किनारालगायत रानीपोखरीमा समेत मनाइन्छ ।

चार दिन सम्म मनाइने यस पर्वको पहिलो दिन (चौथी)लाई ‘नाहा खा’ भनिन्छ । यस दिन व्रतालु पुरुष तथा महिला खोला,नदीमा स्नान गरी शुद्ध भोजन गर्दछन् ।

पर्वको दोस्रो दिन(खर्ना)मा  दिनभरि उपवास बसेका ब्रतालुको मुख्य काम साँझ पख स्नान गरी कुलदेवता रहेको कोठामा नयाँ चुल्हो बनाइ प्रसाद तयार गरेर गोवर भूँई लिपपोत गरी सामग्री राखेर पूजा गरिन्छ । राति भोग लगाएर प्रसाद ग्रहण गरेपछि व्रतालुले पूर्ण व्रत लिनुपर्छ । खर्नाको भोलिपल्ट पर्वको मुख्य दिन हो ।

यस दिन जलाशय पुगेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ । भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि पर्वको समापन हुन्छ । ठेकुवा,लड्डु,कसार,पुरुकिया,खजुरी,पञ्चमेर,पञ्चफल,विभिन्न किसिमका गेडागुडी,जटा नरिवल,मूला,निम्बु,अदुवा,सुथनी,उखु लगायतका प्रसाद छठमा चढाइन्छ ।

छठपर्वको पुर्वसन्ध्यामा राजधानीको बजारको चहल पहल यस्तो थियो हेरौ  (फोटो फिचर)_AKD6467_AKD6462_AKD6460_AKD6458_AKD6474_AKD6469

 


  •  
  •  
  •