अस्ताउँदो सूर्यलाई अघ्र्य(फोटो फिचर)

806
  •  
  •  
  •  

काठमाडौं । सद्भाव, प्रेम तथा आस्थाको पर्व छठको मुख्य दिन षष्ठीमा शनिबार साँझ व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका छन् ।

हिन्दू धर्म संस्कृतिअनुसार अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर मनाइने छठपर्वका अवसरमा काठमाडौं लगायत तराईका जिल्लाका पोखरी, तलाउ, खोला, नदीको पानीमा पसेर व्रतालुहरुले अस्ताउँदो सूर्यको आराधना गरी अघ्र्य दिएका हुन् ।

यस क्रममा व्रतालुले दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता फूल हालेर अन्य अघ्र्य सामग्री पालैपालो गरी अस्ताचलगामी सूर्यलाई अर्पण गरेका छन् । सूर्यलाई जल, दूध, केरा, उखु, नरिवल, अदुवा, ठेकुवा, भुसुवा आदि सामग्रीसहितको प्रसाद (अघ्र्य) चढाइएको हो ।

छठ पर्वका लागि काठमाडौंको गुह्येश्वरी, नागपोखरी, गहनापोखरी, कमलपोखरी, शंखमुल, वाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको थियो ।


  •  
  •  
  •