हुम्लाबाट प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवार छक्कबहादुर निर्वाचित

343
  •  
  •  
  •  

हुम्ला, २२ मंसिर (ओएनएस) : हुम्लाबाट प्रतिनिधि सभाा स्वतन्त्र उम्मेदवारी दिएका छक्कबहादुर लामा निर्वाचित भएका छन् । वामपन्थी गठबन्धन र कांग्रेस उम्मेदवारलाई पछि पार्दै उनी निर्वाचित भएका हुन् ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्वमन्त्री लामाले ८ हजार ४ सय ९१ हजार मत ल्याएका छन् । उनका निकटम प्रतिपद्दन्दी कांग्रेसका मंगलबहादुर शाहीले ८ हजार ४ सय ४४ मत ल्याएका छन् ।

वाम गठबन्धनका आधिकारिक उम्मेदवार छिमिदोर्जे लामाले २७ सय मत पाएका छन् ।

माओवादीले टिकट नदिएपछि एमाले-माओवादीको वाम गठबन्धनबाट उम्मेदवार बनेका छिमिदोर्जेविरुद्ध छक्कले वागी उम्मेदवारी दिएका थिए ।


  •  
  •  
  •