एक सय ५१ प्रकारका चिया अब एकै छानामुनि

72
  •  
  •  
  •  

काठमाडौं, २७ फागुन(ओएनएस) : हिमालयन आमा टी (एग्रो प्रोडक्ट) ले अबदेखि एक सय ५१ प्रकारका चिया एउटै छानामुनि पाउने व्यवस्था गर्न लागिएको बताएको छ ।

हिमालयन आमा एग्रो प्रोडक्ट्सका अध्यक्ष अमृत घलेले विश्वभर चिया पु¥याउने उदेश्यले एग्रो प्रोडक्ट उत्पादन गर्न लागिएको जानकारी दिएका छन् ।

नेपालका एक सयभन्दा बढी स्थानमा स्टल खोज्ने जानकारी दिँदै उनले यूरोप र खाडी मुलुकमासमेत यसको बजार प्रबद्र्धन गर्ने बताए ।

घलेको योजनालाई सरकारले पूर्ण रुपले समर्थन र सहयोग गर्ने कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणि खनालले प्रतिवद्धता जनाएका छन् ।

राजधानीको बौद्धमा रहेको हिमालयन आमा टीको उद्घाटन गर्दै मन्त्री खनालले सुरुवात राम्रो भएको भन्दै अन्तर्राष्ट्रिय बजारमा यसको ब्राण्ड बनाउनुपर्नेमा जोड दिए ।

उनले नेपालको खाद्यन्नमा धेरै नै विषादी रहेकाले विषादीमुक्त खाद्यन्नमा हिमालयन एग्रोले भूमिका खेल्ने विश्वास पनि ब्यक्त गरे ।

कार्यक्रममा एग्रो प्रोडक्टका अध्यक्ष घलेले कृषक र आफूहरुबीच बिचौलिया नहोस् भन्नका लागि कृषकलाई बीउबिजनदेखि मलसमेत आफैँले खरिद गरी दिने र उत्पादन पनि अरुले भन्दा उचित मूल्यमा खरिद गर्ने बताए ।

उनले कृषकबाट ४० प्रतिशत र आफै‌ले ६० प्रतिशत चिया उत्पादन गर्ने बताए । घले गु्रप अन्तर्गतककै हिमालयन आमा टी (एग्रो प्रोडक्ट) ले पहाडमा ५४ हजार रोपनी र तराईमा एक हजार बढी बिगाहा जमिनसमेत लिइसकेको अध्यक्ष घलेको भनाय छ ।

त्यसैगरी सिन्धुली, हेटौंडा, लमजुङ र नुवाकोटमा विशेष योजना भइरहेको उनले बताए । उनले हरेक राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय उडानमा हिमालयन टी कै उत्पादन राख्नेगरी योजना बनिरहेको बताए ।

कार्यक्रममा सांसद नारदमुनी राणा, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतम लगायतले नेपाली चियालाई विश्वबजारमा विस्तार गर्न सकिने बताए ।


  •  
  •  
  •