चिया मजदुरले थाल ठटाउँदै निकाले जुलुस

67
  •  
  •  
  •  

झापा, ४ वैशाख(ओएनएस) : चिया मजदुरले माग पूरा नभएको भन्दै झापाको बिर्तामोडमा बुधबार थाल ठटाउँदै जुलुस निकालेका छन् ।

सरकारले गत साउन १ गते देखि चिया बगान तथा कारखानामा कार्यरत श्रमिकका लागि न्यूनतम ज्याला तोके पनि उक्त ज्याला नपाएको भन्दै चिया मजदुर चैत १७ देखि आन्दोलित बनेका छन् ।

उनीहरुले विभिन्न समयमा झापाका भद्रपुर, काँकडभिट्टालगायतका स्थानमा कोण सभा र जुलुस गर्दै आएका छन् ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत बिर्तामोडको बिएण्डसी अस्पाताल अघिबाट शुरु भएको मजदुरको जुलुसले मुक्तिचोक परिक्रममा गरेको थियो ।

उपस्थित मजदुरले थाल ठटाउँदै सरकारले तोकेको न्याूनतम पारिश्रमिक तत्काल लागु गर्न माग गरेका छन् ।
सरकारले तोके बमोजिम चिया बगानमा कार्यरत श्रमिकले न्यूनतम आधारभुत पारिश्रमिक दैनिक २ सय ३१ र महंगी भत्ता १ सय ५४ गरी जम्मा ३ सय ८५ पाउनुपर्ने हो । तर, सरकारले श्रमिकका लागि तोकेको न्यूनतम पारिश्रमिक नेपालका चिया बगानमा कार्यरत मजदुरले नौं महिना बितिसक्दा सम्म पाउन सकेका छैनन् ।


  •  
  •  
  •