प्रदेशको संरचना खारेज गर्नुको विकल्प छैन : अध्यक्ष केसी

231
  •  
  •  
  •  

रुपन्देही । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारत, अमेरिका र युरोपियनबाट नेपालको राष्ट्रियतामाथि खतरा रहेको बताएका छन् ।

भारत, अमेरिकार र युरोपियनहरुलाई नेपाल चाहिएकाले उनीहरुबाट हाम्रो राष्ट्रियता खतरामा रहेको अध्यक्ष केसीको दावी छ ।

अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ रुपन्देहीको दोस्रो जिल्ला सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष केसीले राष्ट्रियता, अखण्डता र सार्वभौमिकता बचाउन विदेशी शक्ति केन्द्रहरुसँग सजग रहनुपर्ने बताए ।

राष्ट्रियता, अखण्डता र सार्वभौमिकता देश र जनताको लागि सबैभन्दा ठूलो सम्पत्ति भएको उनको जोड छ ।
उनले नेपालमा राजनीतिक क्रान्ति पुरा नभएको बताउंदै क्रान्ति पुरा भयो भन्दै जनताको आँखामा छारो हाल्ने काम सत्तापक्षीय नेकपाले भ्रम सिर्जना गरेको बताए ।

कम्युनिष्ट हुँ भन्दैमा कोही कम्युनिष्ट बन्न नसक्ने उल्लेख गर्दै अध्यक्ष केसीले भने नाम मात्रैले हुन नसक्ने बताए । ब्यवहारपनि चाहिन्छ भन्दै केसिले भने, ‘सरकारको नेतृत्व गरेको नेकपाको सरकार कम्युनिष्ट सरकार हुनै सक्दैन । सरकारमा रहेका नेताहरुको आनीवानी, आचारण, व्यवहार, नीति, सिद्वान्त कम्युनिष्ट छैन् ।

२१ औँ शताब्दीमा पनि कम्युनिष्टको नाममा भ्रम सिर्जना गरिएकाले नेपालमा कम्युनिष्ट आन्दोलन कमजोर बनेको अध्यक्ष केसीको भनाइ छ । उनले गाँस, वास, कपासका लागि नेपाली जनताले लामोसमयदेखि संघर्ष गरेपनि अहिलेसम्म जनताका आधारभूत समस्या हल हुन नसकेको बताए ।

सत्तामा रहेकाहरु विदेशी शक्ति केन्द्रहरुसंग बोल्न डराएकै कारण नेपाल अहिलेसम्म परनिर्भतामा गुज्रीएको र देशको अर्थतन्त्र झनै बिग्रीएको उनले बताए ।

भारतको इशारामा नेपालमा भएका उद्योग कलकारखानाहरु बन्द गरिएको उल्लेख गर्दै सत्ताको लोभमा सत्तासिनहरु बोल्न डराउँदा झनै समस्या भएको केसीको भनाई छ ।

शिक्षा, स्वास्थ्य, रोजगारी, राष्ट्रिय उद्योग कलकाराखाना नीजि करण गरिएकै कारण नेपाल झनै भारतसंग परनिर्भतामा बाच्नु पर्ने अवस्थाको सिर्जना गरिएको बताए ।

अध्यक्ष केसीले राष्ट्रिय उद्योगहरुको संरक्षणका लागि स्वदेशी उत्पादनलाई पहिलो प्राथमिकता दिएर विदेशी आयतलाई रोक्नु पर्ने बताउंदै राज्यले नीति, नियम कार्यक्रम बनाउन सके विदेशबाट आयत हुने समानलाई रोक्न सकिने र त्यसका लागि सत्तासिनहरुको सोंच, विचारमा परिवर्तन आउन जरुरी रहेको बताए ।

नेपाललाई आर्थिक रुपमा स्वतन्त्र र आत्मनिर्भर देश बनाउनु पर्छ, त्यसका लागि सामूहिक राष्ट्रिय लगानीलाई प्राथमिकता दिनुपर्ने उनको भनाई छ ।नेता केसीले संघीयताले काटेको घाउमा नुन, चुक थप्ने काम गरेको बताउंदै संघीयताको आवरणमा हिमाल, पहाड छोडिएको वताए । अझैपनि संघीयताकोपछि लागे देश सयौं वर्षपछि पर्ने वताए ।
केन्द्र र स्थानीय तहलाई बलियो बनाएर प्रदेशको संरचना खारेज गर्नुको विकल्प अरु केही नभएको दावी गर्दै उनले भने ‘देशले आर्थिक रुपमा संघीयता थेग्नै सक्दैन ।’

सत्ता फुत्कने डरले सत्तामा रहेका दलका नेताहरु बोल्न नसकेको आरोप लगाए । कम्युनिष्टको नाममा बनेको दुई तिहाई सरकार कम्युनिष्ट नभएको दावी गर्दै कम्युनिष्ट हुनका लागि निश्चित आचरण र सिद्वान्तनिष्ठ हुनुपर्ने बताए ।

प्रदेश सभा सांसद तारा जीसीले देलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनु पर्ने र त्यसका लागि विदेशी लगानी रोक्नुपर्ने बताइन् । सरकार नै विदेशी लगानीको पक्षमा रहेकाले सरकारकै गलत कामले नेपालमा उद्योग कलकारखानाहरु खुल्न नसकेको उनको भनाइ छ ।

अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघका केन्द्रिय अध्यक्ष ढुण्डीराज पौडेलले मुलुकको आर्थिक क्रान्तिका लागि राज्यले उद्योगमैत्री नीति बनाउनु पर्ने बताए ।

कार्यक्रममा नेकपा मसाल रुपन्देहीका प्रवक्ता नारायण जीसी, रुपन्देही उद्योग संघका अध्यक्ष गणेशप्रसाद अधिकारी, रुपन्देही व्यापार संघका अध्यक्ष पदम श्रेष्ठ, यज्ञप्रतिघात पौडेललगायतले बोल्दै राज्यको राष्ट्रिय उद्योग नीति गलत भएको बताए ।


  •  
  •  
  •