चिट चोर्ने तीन विद्यार्थी निस्कासनमा

488
  •  
  •  
  •  

सिरहा, २२ चैत(ओएनएस) : सिरहाको चन्द्र माध्यमिक विद्यालय सेन्टरमा चिट चोर्ने तीन विद्यार्थीलाई निस्कासन गरिएको छ ।

विज्ञान विषयको परीक्षामा सहभागी भएका तीन विद्यार्थी चिट चोरेपछि उनीहरको परीक्षा समेत रद्ध गरिएको छ ।
परीक्षाकेन्द्रमा परीक्षा दिईरहेको विद्यार्थीबाट चिट र गेसपेपरहरु फेला परेकाले उनीहरुको आजको विषयको परीक्षा रद्ध गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिएका छन् ।

स्थगित भएर शुरु भएको आजको परीक्षा अ‍ेक्षाकृत शान्तिपूर्वक सम्पन्न भएको जिल्ला शिक्षा अधिकारी दोलराज पाण्डेयले जानकारी दिए ।

यस्तै आजबाट शुरु भएको एसईई परीक्षामा अनुगमनमा पुगेका पत्रकारहरुलाई परीक्षा केन्द्र प्रवेशमा रोक लगाएको छ ।

परीक्षा केन्द्रमा अनुगमनको नाममा मानिसहरु धेरै जाने भएकोले परीक्षा केन्द्रमा पत्रकार जानबाट रोक लगाइएको जिल्ला शिक्षा अधिकारी पाण्डेले बताए ।


  •  
  •  
  •