भारतीय मोटरसाइकलसहित २५ किलाे गाँजा बरामद, तीन युवा पक्राउ

258
  •  
  •  
  •  

काठमाडौं, २० चैत (ओएनएस) : २५ किलाे गाँजासहित तीन युवालार्इ सर्लाही प्रहरीले पक्राउ गरेकाे छ। विशेष सूचनाकाे अाधारमा भारतीय माेटरसाइकलमा उनीहरु गाँजा तस्कारी गरिरहेकाे अवस्थामा प्रहरीले पक्राउ गरेका हाे।

इलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरी टोलीले सर्लाही कौडेनाका पचु सहनीलाई १३ केजी एक सय ६० ग्राम गाँजासहित पक्राउ गरेको हो। त्यस्तै टोलीले मदन राउत र राकेश राउतलाई पनि १२ किलो गाँजासहित पक्राउ गरेको हो। उनीहरु प्रति केजी ५ सय रुपैयाँमा गाँजा किन्ने र ७ हजारसम्म बिक्रि गर्ने खुलेको छ।

गाँजा तस्करीमा पछिल्लो समयमा चोरीका भारतीय मोटरसाइकलहरु प्रयोग हुन थालेको प्रहरीले जनाएको छ। तस्करीविरुद्ध इप्रका हरिपुरले सक्रियता बढाएको छ।ठमेलमा मापसे चालकको करामत,

 


  •  
  •  
  •