चेक साट्न दुई दिन, सेवाग्रही सडकमै लाम बस्न बाध्य

47
  •  
  •  
  •  

संखुवासभा ११ असोज : दसैंको तलब लिन आएका मत्स्यपोखरीका शिक्षक तारावीर राईले खातामा जम्मा गरेको रकम निकाल्न दुई दिन लाइनमा बस्नुपर्यो । उनीजस्तै एक हजार भन्दा बढी शिक्षक चैनपुर र खाँदबारीको राष्ट्रिय वाणिज्य बैंकमा दुई दिनसम्म लाइनमा बस्न बाध्य छन् । बैंकमा स्थान नहुँदा सडकमै लाम लाग्नुपर्ने, भौचर पनि सडकमै भर्नुपर्ने अवस्था छ ।

सेवाग्रहीको चाप बढे पनि बैंकले सेवा सहज बनाउने चासो नदेखाएपछि सर्वसाधारण मर्कामा परेका छन्  । विद्यालयलाई शिक्षकको तलब अनिवार्य वाणिज्य बैंकमा खाता खोल्न लगाएर जम्मा गरिदिनुपर्ने, अन्य कर्मचारीको पेन्सन, कर्मचारी तलबदेखि एकल महिला र वृद्धवृद्धाको भत्तासमेत वितरण गर्ने जिम्मा वाणिज्य बैंकले पाएको छ । जिम्मेवारी धेरै भए पनि वाणिज्य बैंकले सेवा चुस्त बनाउन चासो नदिएको सर्वसाधारणको गुनासो छ ।

खाँदबारीमा निजी क्षेत्रका बैंक अफ काठमाडु, सानिमा, नबिल र सेन्चुरी बैैकले सेवा दिदै आएका छन् । यसैगरी तीनवटा विकास बैंक पनि यहाँ सञ्चालनमा छन् ।

अन्नपुर्ण पोष्टबाट


  •  
  •  
  •