इन्जिनियरले २ लाखमा किने १६ वर्षीय किशोरी

351
  •  
  •  
  •  

काठमाडौ, १६ साउन(एजेन्सी): भारतको चेन्नईको कुड्डालोर जिल्लामा ५४ वर्षीय एक इन्जिनियरलाई प्रहरीले पक्राउ गरेको छ । १६ वर्षीय किशोरीलाई करिब २ लाखमा किशोरीका बाबुआमासँग किनेर विगत सात महिनादेखि प्रताडित गरेको आरोपमा इन्जिनियर एस कुप्पुसामीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले किशोरीका बुबा ६५ वर्षीय चिन्नादुरई र आमा ४५ वर्षीय सी मल्लिगालाई समेत प्रकाउ गरेको छ । साथै, प्रहरीले किशोरीलाई ३ लाखमा इन्जिनियरलाई सुम्पने क्रममा मध्यस्तता गरेका आरूमुगामलाई समेत पक्राऊ गरेको छ ।

गत जुलाई १८ मा बालबालिकासम्बन्धि संस्थामा किशोरी प्रताडना विरूद्ध निवेदन दर्ता भएपछि यसबारे प्रहरीले छानबिन सुरू गरेको थियो । ती किशोरीको इन्जिनियरसँग गत जनवरीमा विवाह भएको थियो । विवाहका लागी नै ती इन्जिनियरले किशोरीका आमाबुबालाई २ लाख दिएका थिए । ती किशोरीले आत्महत्याको प्रयास गरेपछि केही युवाको समूहले उनका बृद्ध पति र आमाबुबाविरूद्ध बालबालिकाको संरक्षण संस्थामा निवेदन दिएका थिए ।

तीन जनाको टोलीले उक्त निवेदनअनुसार किशोरीलाई सोही दिन नै उद्धार गरेका थिए । किशोरीले गत वर्ष कक्षा १० को परिक्षा दिएपछी उनले पढ्न छाडेकी थिइन् ।
प्रहरीको अनुसन्धानका क्रममा आरूमुगामले किशोरीका बुबाआमालाई उनकी छोरीलाई इन्जिनियरसँग विवाह गराइदिने बताएका थिए । उनले ती इन्जिनियरले विवाहमा खर्च हुने पैसा तथा थप पैसा समेत दिने विश्वास दिलाएपछि किशोरीका बुबाआमा छोरीको विवाहका लागि तयार भएका थिए । पहिले त बाबुआमाले मानेका थिएनन् तर, आरूमुगामले निकै जोड गरेपछि विवाहका लागि तयार भएका थिए ।

कुप्पुसामीले सुरूवातमा ४८ हजार दिएका थिए र अर्को एक लाख ६० हजार विवाहको तीन महिनापछि दिने वाचा गरेका थिए । इन्जिनियर कुप्पुसामीले ती किशोरीसँग गत जनवरी २० मा मन्दिरमा विवाह गरेका थिए । उनी चेन्नई जाने क्रममा किशोरीलाई बुबाआमासँग नै छाडिदिएका थिए । चेन्नईमा काम गर्ने उनी प्रत्येक हप्ता शनिबार बेलुका आएर आफ्नो गर लाने र प्रताडित गरेर सोमबार बिहान किशोरीलाई बुबाआमाकै घरमा छाडिदिन्थे ।


  •  
  •  
  •