दुई वर्षपछि फर्किएको चेन्नई घरेलु मैदानमा खेल्न नपाउने

650
  •  
  •  
  •  

२९ चैत – आईपीएल क्रिकेटमा फर्किएको चेन्नई सुपरकिङ्सले घरेलु मैदानमा खेल्न नपाउने भएको छ । दुई वर्षपछि फर्किएको चेन्नईले प्रतियोगिताका खेल घरेलु मैदानमा खेल्न नपाउने भएको हो ।

सुरक्षाको कारण देखाउँदै आयोजकले चेन्नेइमा हुने सबै खेल पुनेमा खेलाउने निर्णय गरेपछि चेन्नईले घरेलु मैदान र समर्थकको साथ नपाउने निश्चित भएको छ ।

भारतका २ छिमेकी प्रान्त तामिलनाडु र कर्नाटकबीच काभेरी नदीको पानीसम्बन्धी विवादमा चेन्नईमा प्रदर्शन भइरहेको छ। जसकारण सुरक्षा खतरा बढेको भन्दै आयोजकले चेन्नईमा हुन बाँकी ६ वटै खेल पुनेमा खेलाउने निर्णय गरेको हो ।

चेन्नई सुपरकिङ्सका मुख्य कार्यकारी अधिकृत काशी विश्वनाथनले बुधबार आईपीएलका आयोजकलाई भेटी बाँकी खेल पुणेमा सार्न आग्रह गरेका थिए ।


  •  
  •  
  •