काठमाडौं, २५ काठमाडौं(ओएनएस) । नेपाल पर्यटन बोर्ड र होटल व्यवसायी महासङघविच मुलुकको पर्यटन विकासमा सहकार्य गरी अघि बढ्ने सम्झौता भएको छ ।
बुधवार एक कार्यक्रमविच पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत सुवास निरौला र महासङ्घका अमृत भुजेलले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौतापत्रमा पर्यटन बोर्ड पहिलो र महासङ्घ दोश्रो पक्षका रुपमा रहेर नेपालको पर्यटन विकास तथा पर्यटन प्रवद्र्वनका गतिविधिलाई स्थानिय र अन्तरराष्ट्रिय स्तरसम्म विस्तार गरी थप प्रभावकारी बनाउन र नयाँ पर्यटकीयगन्तव्यको पहिचान एवं प्रवद्र्वन गर्न आपसमा सहकार्य गर्ने उल्लेख छ ।
त्यस्तै महासङ्घका सदस्य होटल व्यवसायी तथा कर्मचारीको सीप तथा क्षमता अभिवृद्विका लागि बोर्डले दीर्घकालिन र अल्पकालिन तालिम तथा जनचेतना सम्वन्धि कार्यक्रम सञ्चालनका लागि आपसी सहकार्य गर्न दुवै पक्ष सहमत भएका छन् ।